१४ भाद्र २०८३, आईतवार
,
Latest
त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार विपद्को बेला सरकारलाई सघाउँछौँ, कमजोरी पनि औँल्याउँछौँ : गगन थापा बाढीमा परेका मानिसलाई बर्ड फ्लु लागेका कुखुराजसरी गाडिनु दुर्भाग्यपूर्ण : महेश बस्नेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा नक्कली विवरण बनाएर ठगी गर्ने पक्राउ भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा बराल नियुक्त



अ+ अ-

गण्डकी । गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त भएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बराललाई शनिबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । मुख्य न्यायाधिवक्तामा नियुक्त भएका बराल पोखरा महानगरपालिका वडा नं २६ बरालडाँडा निवासी हुन् ।

नवनियुक्त महान्यायाधिवक्ता बरालले शनिबार नै शपथ लिएका छन् । बराललाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले शपथ गराएका थिए ।

शपथ समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री खगराज अधिकारीको उपस्थिति थियो ।

बरालले कानुन र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । हाल उनी काठमाडौँमा सिरमर ल फर्म सञ्चालन गरी वकालत गर्दै आएका छन् । रासस