• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo

सुस्मा र हेमाको जित



काठमाडौं । थाइल्यान्डको बैंककमा जारी एएसबिसी यु–२२ बक्सिङ च्याम्पियनसिपको दोस्रो दिन नेपालका मुक्केबाज सुष्मा तामाङ र हेमा राईले जित हासिल गरेका छन् ।

महिला ४८ केजीतौलसमूहमा सुस्माले भियतनामकी क्यूनहानलाई ५–० अंकको आधारमा जितिन् भने ५७ केजी तौलसमूहमा हेमा राईले सिङ्गापुरकी चौउजीमिन बेर्नेसलाई आरएसी आईको आधारमा दोस्रो राउण्डमा जित हासिल गरिन् ।

पुरुष ४८ केजीमा लालप्रसाद उप्रेतीले फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चर संग जनवरी २० तारिखमा क्वाटरफाइनल खेल खेल्नेछन् । ५७ केजीमा नेपालका ईन्द्रबहादुर सुनारले प्रिक्वाटरफाइनलमा लाओसका खेलाडीसंग ५–० अंकको आधारमा जित हासिल गर्दै क्वाटर फाईनल प्रवेश गरेका छन् । उनले क्वाटरफाइनलमा मङ्गोलियनका गन्तुमार लुण्डासंग भिड्ने छन् ।

नेपालबाट सहभागी दुई खेलाडी बिजय बाटा ९८६ केजी० र महिला खेलाडी त्रिशा जवेगु ९७५ केजी० ले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् । उनीहरुले क्रमशः इन्डोनेसियाका मोसकिता माईकल र काजिकिस्तानका एरजन गुल्सायसंग खेल्ने छन् ।