११ माघ २०८१, शुक्रबार
,
Latest
३ अर्ब ४० करोड लगानीमा नोबेलले ल्यायो अत्याधुनिक उपकरणसहितको क्यान्सर उपचार सेवा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण नभएपछि जनप्रतिनिधि र स्थानीय आक्रोशित स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती सांसद सुमना श्रेष्ठ वीरगन्ज–काठमाडौं यात्रामा, भन्छिन्– के यो देश कहिले पनि नबनाउने हो ? सिद्धबाबा सुरुङमार्गको आज प्रधानमन्त्रीले ब्रेक थ्रू गर्दै अर्थतन्त्रमा केही सूधारका संकेत: घटेको ब्याजदरले गर्दा व्यवसाय जगतमा राहत प्रेस चौतारी नेपाल डडेल्धुराकाे अध्यक्षमा लक्ष्मीकुमारी ऐर प्रेस चौतारी नेपाल सोलुखुम्बुको अध्यक्षमा गार्डेन राई सर्वसम्मत तमोर करिडोरमार्फत गाडी टिप्ताला पुग्यो काठमाडौँ उपत्यकाको तापक्रम क्रमश: बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसमः सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना



अ+ अ-

काठमाडौँ । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । सो प्रणालीको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही पहाडी भू–भागमा वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागका अनुसार राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ ।

काठमाडौँ उपत्यकाको आजको न्यूनतम तापक्रम चार दशमलव दुई डिग्री र अधिकमत तापक्रम १५ दशमलव सात डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइनस चार दशमलव तीन डिग्री सेल्सियस तथा सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम २१ दशमलव छ डिग्री सेल्सियस छ । रासस