१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो पटकमा सुदूरपश्चिमले पायो सभामुख



अ+ अ-

काठमाडौँ । लगातार बहुमत नपुगेर निर्वाचित हुन नसकेको सभामुख पद सुदूरपश्चिमले तेस्रो पटकको प्रयासमा पाएको छ । नेकपा (माओवादी केन्द्र) का भीम भण्डारी प्रदेशको सभामुखमा निर्वाचित हुनुभएको छ ।

आज भएको मतदानमा उहाँ २९ मतसहित निर्वाचित हुनुभएको हो । सभामुख पदका अर्का उम्मेदवार मानबहादुर रावलले २३ मत प्राप्त गर्नुभयो । उहाँ नेपाली कांग्रेसबाट सभामुख पदमा उम्मेदवार बन्नुभएको थियो । सुदूरपश्चिम प्रदेशमा कूल ५३ प्रदेशसभा सदस्य छन् । सभामुख पदमा निर्वाचित हुन कम्तीमा २७ मत आवश्यक पर्छ ।

आज भएको मतदानमा ५२ प्रदेशसभा सदस्य सभागी थिए । भण्डारीले माओवादी केन्द्रको ११, नेकपा (एमाले) को १०, नागरिक उन्मुक्ति पार्टीको ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को १ मत पाउनुभएको थियो ।