४ पुष २०८२, शुक्रबार
,
Latest
डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिंसा र उत्तेजना उक्साउने कार्य कदापि स्वीकार्य हुँदैन– अमेरिकी राजदूत बेरी



अ+ अ-

काठमाडौँ । नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिका र एमसीसी लक्षित हिंसा र उत्तेजना उक्साउने कार्य कदापि स्वीकार्य नहुने बताउनुभएको छ । राजदूत बेरीले आज एक ट्विट गर्दै अमेरिका एमसीसीसहित स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक भए पनि हिंसा र उत्तेजना उक्साउने कार्य स्वीकार्य नहुने बताउनुभएको हो ।

एमसीसी सम्झौतालाई लिएर नेपालमा हाल भइरहेको विरोध प्रदर्शनप्रति लक्षित गर्दै उहाँले आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रका लागि अन्तरनिहित कुरा भएको र मानिसहरुलाई शान्तिपूर्वक आफ्ना विचार साझा गर्न दिनुपर्ने बताउनुभयो ।