१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति

ऊर्जा र सिँचाइ क्षेत्रको समस्या समाधान गर्छौ, थप लगानी गर्नुस्ः ऊर्जामन्त्री

ऊर्जा र सिँचाइ क्षेत्रको समस्या समाधान गर्छौ, थप लगानी गर्नुस्ः ऊर्जामन्त्री
अ अ+ अ-

काठमाडौँ । सरकारले नेपालको ऊर्जा तथा सिँचाइ क्षेत्रमा देखिएको समस्या समाधान गरी सार्थक निकास दिन तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै थप लगानीका लागि एशियाली विकास बैंक (एडिबी)लाई आग्रह गरेको छ । 

ऊर्जा र सिँचाइमा सबैभन्दा बढी लगानी गर्नेमा एशियाली विकास बैंक नै शीर्ष स्थानमा छ । ती क्षेत्रमा बैंकको  सबैभन्दा ठूलो लगानी रहेको उल्लेख गर्दै सरकारले आयोजना कार्यान्वयनमा देखिएका समस्या तथा अवस्थालाई सही तवरले समाधान गर्ने विश्वास दिलाएको हो । 

आयोजना विकास गर्दा सामाजिक एवं प्राविधिक विषय सम्बोधन गरेर समयमै सल्टाउनुपर्नेमा जोड दिँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दिनमा नयाँ योजना पहिचान गरी विकास गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

एडिबीको दक्षिण एसिया विभागका महानिर्देशक किनिची योकोयामा नेतृत्वको प्रतिनिधिमण्डलले जलविद्युत एवं सिँचाइ क्षेत्रका विविध आयोजनाबारे आज ऊर्जा मन्त्रालयमा छलफल गरेको थियो । 

छलफलमा ऊर्जा र सिँचाइ क्षेत्रमा एडिबीको सबैभन्दा ठूलो लगानी रहेको उल्लेख गर्दै उक्त प्रतिनिधिमण्डलले ती आयोजना कार्यान्वयनको अवस्था एवं नयाँ आयोजनाका सम्भावनाका विविध विषयमा चासो राखेको थयो । 

त्यस अवसरमा मन्त्री भुसालले जलस्रोत तथा सिँचाइ क्षेत्रका आयोजनालाई सरकारले विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै आर्थिक विकासका लागि सबैभन्दा महत्वपूर्ण विषय कृषि नै भएकाले यस क्षेत्रमा एडिबीको सहयोग आवश्यक रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “सुख्खा जमिनमा सिँचाइ सुविधा पुर्‍याउन सकेमा कृषिजन्य वस्तुको आयात रोक्न सकिन्छ र त्यसले हाम्रो देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँछ । त्यसैले हामीलाई तराईसहित मध्यपहाडका खेतीयोग्य जमिनमा सिँचाइ आयोजना पुर्‍याउनका लागि एडिबीको सहयोग आवश्यक छ ।”

एडिबीका दक्षिण एसिया महानिर्देशक योकोयामाले ऊर्जा र सिँचाइ क्षेत्रमा एडिबीको सबैभन्दा ठूलो लगानी रहेको उल्लेख गर्दै ती क्षेत्रका आयोजना कार्यान्वयनमा देखिएका समस्या तथा अवस्थालाई सहितवरले समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

आयोजना विकास गर्दा सामाजिक एवं प्राविधिक विषय सम्बोधन गरेर समयमै सल्टाउनु पर्ने बताउँदै उहाँले आगामी दिनमा नयाँ योजना पहिचान गरी विकास गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । भेटमा ऊर्जा सचिव देवेन्द्र कार्की, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थिति थियो । त्यसैगरी एडिबीका तर्फबाट दक्षिण एसिया हेर्ने उपमहानिर्देशक मनमोहन प्रकाश र नेपालका लागि देशीय निर्देशक आरनौड काउचरिजलगायत प्रतिनिधिको उपस्थिती थियो ।