• १७ आश्विन २०८०, बुधबार
  •      Wed Oct 4 2023
  •   Unicode
Logo
Latest
★   बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए ★   मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु ★   नेपथ्य क्यानाडा भ्रमणको पहिलो शो क्यालगरीमा सम्पन्न ★   चीन १६१ स्वर्णसहित शीर्षस्थानमा, कबड्डीमा नेपालको पदकको टुङ्गो केहीबेरमा ★   परराष्ट्र मामिला प्रतिष्ठान र नेफेजबीच सहकार्य गर्न समझदारी  ★   वडादशैंको पुर्वसन्ध्यामा विद्यार्थीको दुर्गा नृत्य र देवीहरुको झाँकी ★   पुल्चोक क्याम्पसको परीक्षा बोर्डका पदाधिकारीले दिए सामुहिक राजीनामा ★   च्याम्पियन्स लिगमा रियलको रोमाञ्चक जित ★   एमसिसी परियोजना: संसदबाट गरिएको व्याख्यात्मक घोषणामा सहमत छौं- सिइओ अल्ब्राइट ★   च्याम्पियन्स लिगमा आर्सनल र म्यान्चेस्टर युनाइटेडको हार

ऊर्जा र सिँचाइ क्षेत्रको समस्या समाधान गर्छौ, थप लगानी गर्नुस्ः ऊर्जामन्त्री



काठमाडौँ । सरकारले नेपालको ऊर्जा तथा सिँचाइ क्षेत्रमा देखिएको समस्या समाधान गरी सार्थक निकास दिन तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै थप लगानीका लागि एशियाली विकास बैंक (एडिबी)लाई आग्रह गरेको छ । 

ऊर्जा र सिँचाइमा सबैभन्दा बढी लगानी गर्नेमा एशियाली विकास बैंक नै शीर्ष स्थानमा छ । ती क्षेत्रमा बैंकको  सबैभन्दा ठूलो लगानी रहेको उल्लेख गर्दै सरकारले आयोजना कार्यान्वयनमा देखिएका समस्या तथा अवस्थालाई सही तवरले समाधान गर्ने विश्वास दिलाएको हो । 

आयोजना विकास गर्दा सामाजिक एवं प्राविधिक विषय सम्बोधन गरेर समयमै सल्टाउनुपर्नेमा जोड दिँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दिनमा नयाँ योजना पहिचान गरी विकास गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

एडिबीको दक्षिण एसिया विभागका महानिर्देशक किनिची योकोयामा नेतृत्वको प्रतिनिधिमण्डलले जलविद्युत एवं सिँचाइ क्षेत्रका विविध आयोजनाबारे आज ऊर्जा मन्त्रालयमा छलफल गरेको थियो । 

छलफलमा ऊर्जा र सिँचाइ क्षेत्रमा एडिबीको सबैभन्दा ठूलो लगानी रहेको उल्लेख गर्दै उक्त प्रतिनिधिमण्डलले ती आयोजना कार्यान्वयनको अवस्था एवं नयाँ आयोजनाका सम्भावनाका विविध विषयमा चासो राखेको थयो । 

त्यस अवसरमा मन्त्री भुसालले जलस्रोत तथा सिँचाइ क्षेत्रका आयोजनालाई सरकारले विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै आर्थिक विकासका लागि सबैभन्दा महत्वपूर्ण विषय कृषि नै भएकाले यस क्षेत्रमा एडिबीको सहयोग आवश्यक रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “सुख्खा जमिनमा सिँचाइ सुविधा पुर्‍याउन सकेमा कृषिजन्य वस्तुको आयात रोक्न सकिन्छ र त्यसले हाम्रो देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँछ । त्यसैले हामीलाई तराईसहित मध्यपहाडका खेतीयोग्य जमिनमा सिँचाइ आयोजना पुर्‍याउनका लागि एडिबीको सहयोग आवश्यक छ ।”

एडिबीका दक्षिण एसिया महानिर्देशक योकोयामाले ऊर्जा र सिँचाइ क्षेत्रमा एडिबीको सबैभन्दा ठूलो लगानी रहेको उल्लेख गर्दै ती क्षेत्रका आयोजना कार्यान्वयनमा देखिएका समस्या तथा अवस्थालाई सहितवरले समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।

आयोजना विकास गर्दा सामाजिक एवं प्राविधिक विषय सम्बोधन गरेर समयमै सल्टाउनु पर्ने बताउँदै उहाँले आगामी दिनमा नयाँ योजना पहिचान गरी विकास गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । भेटमा ऊर्जा सचिव देवेन्द्र कार्की, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थिति थियो । त्यसैगरी एडिबीका तर्फबाट दक्षिण एसिया हेर्ने उपमहानिर्देशक मनमोहन प्रकाश र नेपालका लागि देशीय निर्देशक आरनौड काउचरिजलगायत प्रतिनिधिको उपस्थिती थियो ।