१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाखुसीचोक नजिकै रहेको पेट्रोल पम्पसँगै टहरा आगलागी -फोटो फिचर



अ+ अ-

काठमाडौं । सामाखुसी चोकबाट टोखा जाने सडक खण्डमा पुरुषोत्तम मानन्धरद्वारा सञ्चालित आकाश जोगिनी पेट्रोल पम्पसँगै रहेको टहराहरुमा आगलागी भएको छ ।

घटनामा मानवीय क्षति नभएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगोलागीको कारण खुल्न सकेको छैन ।

आगलागी भएको खबर प्राप्त हुन साथ प्रहरी टोली खटिएको थियो ।प्रहरीका अनुसार काठमाण्डौ महानगरपालीकाबाट- १, बालाजु औद्योगिक क्षेत्रबाट- १, बूढानीलकण्ठ नगरपालीकाबाट- १ र प्रहरीको वाटर क्यानन- १ गरी ४ वटा दमकलहरु र ५ वटा पानी ट्याङ्करहरुसमेत प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको थियो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू समेत करिब १७५ जना खटिई आगोलागी पूर्ण नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा प्रहरी वृत्त महाराजगञ्‍जबाट थप अनुसन्धान भई रहेको जनाईएको छ ।