१० माघ २०८१, बिहीबार
,
Latest
जनताका मुद्दामा रास्वपा सशक्त रुपमा संसदमा प्रस्तुत हुन्छ: डिपी अर्याल शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै शुरु भयो शहीद सप्ताह भारतमा भएको रेल दुर्घटनामा चार नेपालीसहित १३ जनाको मृत्यु जलवायु परिवर्तनको असर र पर्वतीय देशहरुका एजेण्डाहरु स्थापित गर्न ‘सगरमाथा संवाद’ गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाउँदै दुरजङ गुरुङ रवि लामिछानेविरुद्ध रुपन्देहीमा आजदेखि थुनछेक बहस अखिल क्रान्तिकारीमा ५ सय जनाको उम्मेदवारी ! क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया सम्पन्न, के भएको थियो ? च्याम्पियन्स लिगः आर्सनलको सहज जित, फेयनुर्डसँग बायर्न पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

साईरन बजाएर नागरिकलाई उछिन्दै हिड्दिन: उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने



अ+ अ-

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने आफू मात्र उच्च सुरक्षा घेरामा हिडडुल गरेर नागरिकको अपेक्षा पुरा नहुने जनाउनु भएको छ ।

सामाजिक संञ्जलमा एक सन्देश राख्दै मन्त्री लामिछानेले नागरिकलाई सुरक्षित महसुश हुने वातावरण निर्माण गर्ने निकाय गृह प्रशास भएको र यसको नेतृत्वमा रहँदा, आफु मात्र उच्च सुरक्षा घेरामा हिडडुल गरेर नागरिकको अपेक्षा पुरा नहुने जनाउनु भएको हो ।

उहाँले लेख्नुभएको छ-

नागरिकलाई सुरक्षित महसुश हुने वातावरण निर्माण गर्ने निकाय हो गृह प्रशासन। म यसको नेतृत्वमा रहँदा, म मात्र उच्च सुरक्षा घेरामा हिडडुल गरेर नागरिकको अपेक्षा पुरा हुँदैन । म मेरो भन्दा पनि नागरिकको सेवा र सहजताका लागि काम गर्न यो जिम्मेवारीमा आएको हुँ । म आफुले बोलेका कुरा इमान्दारिताका साथ पुरा गर्नेछु।

उपप्रधानमन्त्री एंव गृहमन्त्रीको नियुक्ति लगत्तै मैले मेरो सुरक्षामा खटिने प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायब निरिक्षक (सई)को नेतृत्व सुरक्षाकर्मी राखेको छु ।

उपप्रधानमन्त्री तथा गृहमन्त्रीको सवारीका क्रममा रहने अगुवा-पछुवा सुरक्षाकर्मी सहितको गाडी हटाएर मैले आजैबाट अगाडी एउटामात्र गाडी सुरक्षामा राख्ने निर्णय गरेको छु । भै परि आउदाको परिस्थितिलाई अपबाद मानिदिनु होला।

सडक नियमको पुर्ण पालना सबैले गर्नुपर्छ भनेर नियम लागु गराउने निकायको नेतृत्व गर्ने म सधै ट्राफिक वत्तिमा लाईन बसेर नै यात्रा गर्छु र सडक लेन अनुशासन पूर्ण पालना गर्ने गराउने कुरामा प्रतिवद्ध छु। कुनै अकाट्य परिस्थिति आइ पर्दा बाहेक म आफनो कार्यकाल भरी नै यी नियम पालना गर्छु।

साईरन बजाएर नागरिकलाई उछिन्दै हिड्ने प्रवृतिको म सधै आलोचक हुँ,आकस्मिक अवस्थामा बाहेक मबाट यस्तो गतिविधि हुँदैन।

व्यक्तिगत कामकालागि कतै जानु परेमा वा विदाका दिनमा म आफ्नै सवारीसाधन प्रयोग गर्छु र यदि कुनै अवस्थामा सरकारी सवारीसाधन प्रयोग गर्नु परेमा त्यसको हिसाव राज्यलाई बुझाउने छु।