८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने

सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक शुरु

सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक शुरु
अ+ अ-

काठमाडौं । सरकारको न्युनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक शुरु भएको छ ।

शुक्रवार उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुरु भएको हो । कार्यदलले आजै सो मस्यौदालाई अन्तिम रुप दिने र एमाले अध्यक्ष केपी ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक समितिले अनुमोदन गर्ने बताइएको छ । सरकारले यही पुस २६ गते विश्वासको मत लिनेछ । सो भन्दाअघि नै सरकारले आफ्नो न्युनतम साझा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।

एमालेका उपाध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलसमशेर राणा र जनता समाजवादी पार्टी, नेपालबाट रकम चेम्जोङ सो कार्य दलमा रहनुभएको छ ।

सत्तारुढ गठबन्धन सरकारले विश्वासको मत लिएपछि मन्त्रीपरिषद् बिस्तार गर्ने तयारीमा छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बनेको सरकारमा हाल ८ सदस्यीय मन्त्रीमण्डल रहेको छ ।

तस्बिर: रत्न श्रेष्ठ- रासस