१० माघ २०८१, बिहीबार
,
Latest
शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै शुरु भयो शहीद सप्ताह भारतमा भएको रेल दुर्घटनामा चार नेपालीसहित १३ जनाको मृत्यु जलवायु परिवर्तनको असर र पर्वतीय देशहरुका एजेण्डाहरु स्थापित गर्न ‘सगरमाथा संवाद’ गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाउँदै दुरजङ गुरुङ रवि लामिछानेविरुद्ध रुपन्देहीमा आजदेखि थुनछेक बहस अखिल क्रान्तिकारीमा ५ सय जनाको उम्मेदवारी ! क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया सम्पन्न, के भएको थियो ? च्याम्पियन्स लिगः आर्सनलको सहज जित, फेयनुर्डसँग बायर्न पराजित च्याम्पियन्स लिगः पिएसजीले म्यान्चेस्टर सिटीलाई हरायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखाबाट नेपाली सेनाको ‘एकीकरण पदयात्रा’ शुभारम्भ-फोटो फिचर



अ+ अ-

काठमाडौं । नेपाली सेनाले ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७९ विविध कार्यक्रमसहित मनाउने सिलसिलामा नेपाल एकीकरणको समयमा विजय अभियानका लागि प्रयोग भएका पदमार्गमा ‘एकीकरण पदयात्रा’ सुरु गरेको छ ।

गोरखादरबारबाट शुभारम्भ भएको पदयात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौँस्थित हनुमानढोकासम्म सञ्चालन हुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच स्थायी कम्पनीको झण्डा र टर्चसहित गोरखा जिल्लामा तैनाथ श्री रिपुमर्दन गणबाट ऐतिहासिक सैनिक पोशाक तथा परम्परागत बाजागाजासहित खटिएको टोलीको सहभागिता छ ।

उक्त पदयात्रा टोलीले धादिङ जिल्लामा तैनाथ फौजलाई झण्डा र टर्च हस्तान्तरण गर्नेछ । यस्तै धादिङ जिल्लामा तैनाथ फौजले नुवाकोटको फौजलाई, नुवाकोटमा तैनाथ फौजले काठमाडौँस्थित नागार्जुनमा रहेको फौजलाई र नागार्जुनमा तैनाथ फौजले पुस २६ गते हनुमानढोकामा तैनाथ शार्दुलजङ्ग गुल्मको टोलीलाई झण्डा तथा टर्च हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

पदयात्रा कार्यक्रम जङ्गी अड्डामा विशेष समारोहका बीच समापन गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ । रासस