८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग News Polar ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छः उद्योगमन्त्री साह News Polar कांग्रेस महाधिवेशनः पालिकाअन्तर्गत ६६ जिल्लाका ६३० मा निर्वाचन सम्पन्न News Polar हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई–काठमाडौं उडान पुनः सञ्चालन गर्ने

राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यकः राष्ट्रपति

राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यकः राष्ट्रपति
अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधिन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक भइसकेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको १६ औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

राष्ट्रपति भण्डारीले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमै उत्पादित सामग्रीहरुको निकासी प्रवद्र्धन गर्नसके मात्र हाल मुलुकले व्यहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउनसकिने बताउनु भयो । उहाँले स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउनका लागि नेपाल सरकारले ध्यान दिनुपर्ने बतउनु भयो ।

उहाँले स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउन कृषि उत्पादन बढाउने, वन पैदावर र जडिबुटीमा आधारित आयात प्रतिष्थापन गर्ने, तथा पर्यटन प्रवद्र्धन जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरु नेपाल सरकारले अवलम्वन गर्नु अति आवश्यक भएको पनि बताउनु भयो ।

राष्ट्रपति भण्डारीले सरकारले नेपालको अर्थ व्यवस्था विकास गर्न योगदान गर्ने तुलनात्मक लाभका क्षेत्रहरु पहिचान गरिसकेको उल्लेख गर्दै उल्लेखित क्षेत्रहरुमा लगानी बढाउन सहजीकरण गर्ने, उद्योगमैत्री नीतिहरु अवलम्वन गर्ने, स्वदेशी उद्योगको संरक्षण गरी प्रतिष्पर्धी क्षमता बढाउन सहयोग गर्ने जिम्मेवारी सबैको दायित्व भएको बताउनु भयो । उहाँले निजी क्षेत्र र सरकारले आपसमा उच्चस्तरको समझदारी विकास गरी मुलुकको अर्थ व्यवस्थालाई बलियो बनाउनका लागि सहकार्य गर्नु अत्यावश्यक भएको बताउनु भयो ।

राष्ट्रपति भण्डारीले मुलुकको अर्थ व्यवस्था बलियो बनाए केही वर्षभित्रै नेपालको व्यापार घाटालाई कम गर्दै लैजाने आधारहरु निर्माण हुनुकका साथै रोजगारी र उद्यमशीलताको नयाँ अवसरहरु सिर्जना गरी पुँजी र प्रतिभाको पलायनसमेत रोक्न सकिने उल्लेख गर्नुभयो । उहाँले अर्थ व्यवस्थाको सबलीकरणका लागि राष्ट्रका उद्यमी र किसानको मनोबल सधैँ उच्च राख्न अति आवश्यक रहेको र ाफ्नो इतिहासमाथि न्याय गर्नसमेत आफ्नो क्षमताको पहिचान र प्रयोग गर्नु आवश्यक भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको प्रतिष्पर्धी विश्वमा कतिपय अवसरका ढोकाहरु छोटो समयका लागि मात्रै उपलब्ध हुनसक्छन् भने कतिपय अवसरका लागि उत्पादनको विविधिकरण एवं उपभोक्ताको रुचीमा निरन्तर ध्यान दिनुपर्छ । नेपाल सरकार र उद्यमीहरुबीचमा पर्याप्त साझेदारी निर्माण भइ नेपाली उत्पादनको बजार बिस्तार एवं निर्यात अभिवृद्धिमा ठोस उपलब्धि हासिल गर्नका लागि यो प्रदर्शनी उपयोगी माध्यम हुने मैले विश्वास लिएकी छु । मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधिन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक छ ।’

‘नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमै उत्पादित सामग्रीहरुको निकासी प्रवद्र्धन गर्नसके मात्र हाल मुलुकले व्यहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिन्छ । यसका लागि फुटवेयर उद्योगले पनि महत्वपूर्ण भुमिका खेल्नसक्छ । स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउनका लागि नेपाल सरकारले ध्यान पु¥याउनुपर्छ । यसका लागि कृषि उत्पादन बढाउने, वन पैदावर र जडिबुटीमा आधारित आयात प्रतिष्थापन गर्ने, तथा पर्यटन प्रवद्र्धन जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरु नेपाल सरकारले अवलम्वन गर्नु अति आवश्यक छ ।’

‘नेपालको अर्थ व्यवस्था विकास गर्न योगदान गर्ने तुलनात्मक लाभका क्षेत्रहरु पहिचान गरिसकेका छौँ । ती क्षेत्रहरुमा लगानी बढाउन सहजीकरण गर्ने, उद्योगमैत्री नीतिहरु अवलम्वन गर्ने, स्वदेशी उद्योगको संरक्षण गरी प्रतिष्पर्धी क्षमता बढाउन सहयोग गर्ने जिम्मेवारी हामी सबैको उत्तिकै दायित्व हो । तसर्थ निजी क्षेत्र र सरकारले आपसमा उच्चस्तरको समझदारी विकास गरी मुलुकको अर्थ व्यवस्थालाई बलियो बनाउनका लागि सहकार्य गर्नु अत्यावश्यक भएको छ । यसबाट केही वर्षभित्रै नेपालको व्यापार घाटालाई कम गर्दै लैजाने आधारहरु निर्माण हुनुकका साथै रोजगारी र उद्यमशीलताको नयाँ अवसरहरु सिर्जना गरी पुँजी र प्रतिभाको पलायनसमेत रोक्न सकिन्छ । अर्थ व्यवस्थाको सबलीकरणका लागि राष्ट्रका उद्यमी र किसानको मनोबल सधैँ उच्च राख्न अति आवश्यक हुन्छ । हामीले आफ्नो इतिहासमाथि न्याय गर्नसमेत आफ्नो क्षमताको पहिचान र प्रयोग गर्नु आवश्यक छ ।’

राष्ट्रपति भण्डारीले घरेलु उत्पादनको रुपमा रहेका नेपाली फुटवेयर उत्पादनहरुले स्वदेशी जुत्ताचप्पल बजारमा ठूलो स्थन ओगट्न सफल भएको र यसले आधा लाख बढी मानिसलाई रोजागरी प्रदान गरेकोप्रति खुशी प्रकट गर्नुभयो । उहाँले नेपाली उत्पादनलाई गुणस्तरसहित ब्राण्डिङ गर्नसकेको खण्डमा नेपाली फुटवेयर उत्पादनका लागि बजार उपलब्ध हुनसक्ने बतउनु भयो । उहाँले बजार बिस्तारमा प्राप्त हुने अवसरहरुको खोजि गर्दै अवसरको सदुपयोग गर्न उद्यमीहरुलाई आग्रह गर्नुभयो ।