काठमाडौँ । आगामी माघ २५ गते राष्ट्रियसभाको उपनिर्वाचन हुनेभएको छ ।
लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिई रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचन माघ २५ मा हुने भएको हो ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले माघ २५ गते राष्ट्रियसभाको उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
तस्बिरः प्रदीपराज वन्त-रासस