२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइ आज पनि स्थगित



फाईल फोटो
अ+ अ-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदन सुनुवाइका पेशी आज पनि स्थगित भएको छ ।

विहिवार तोकिएको पेशी सन्दीपकै कानून व्यवसायीले स्थगित गरेका हुन् । पाटन उच्च अदालतमा सुनुवाइका लागि राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको संयुक्त इजलास तोकिएको थियो ।

बलात्कारको आरोपमा असोज २० गते पक्राउ परेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले फैसला नहुँदासम्मका पुर्पक्षको लागि थुनामा पठाउने आदेश जारी गरेको थियो। सोहि आदेशविरुद्ध सन्दीपले गरेको पुनरावेदनको पेशी तेस्रोपटक सरेको हो । सन्दीपको पहिलो पेशी उनका कानुन व्यवसायीले स्थगित गरेका थिए भने दोस्रोमा हेर्न नभ्याइनेमा परेको थियो।

सन्दीपले थुनाबाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै जिल्ला अदालतको आदेशविरुद्ध पाटन उच्च अदालतमा उजुरी दर्ता गराएका थिए ।