१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइ आज पनि स्थगित



फाईल फोटो
अ+ अ-

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदन सुनुवाइका पेशी आज पनि स्थगित भएको छ ।

विहिवार तोकिएको पेशी सन्दीपकै कानून व्यवसायीले स्थगित गरेका हुन् । पाटन उच्च अदालतमा सुनुवाइका लागि राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको संयुक्त इजलास तोकिएको थियो ।

बलात्कारको आरोपमा असोज २० गते पक्राउ परेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले फैसला नहुँदासम्मका पुर्पक्षको लागि थुनामा पठाउने आदेश जारी गरेको थियो। सोहि आदेशविरुद्ध सन्दीपले गरेको पुनरावेदनको पेशी तेस्रोपटक सरेको हो । सन्दीपको पहिलो पेशी उनका कानुन व्यवसायीले स्थगित गरेका थिए भने दोस्रोमा हेर्न नभ्याइनेमा परेको थियो।

सन्दीपले थुनाबाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै जिल्ला अदालतको आदेशविरुद्ध पाटन उच्च अदालतमा उजुरी दर्ता गराएका थिए ।