१९ भाद्र २०८३, शुक्रबार
,
Latest
शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेश: सात दिनभित्र सरकार गठन गर्न आह्वान



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशप्रमुख तिलक परियारले सात दिनभित्र सरकार गठन गर्न आह्वान गर्नुभएको छ । उहाँले यही पुस २७ गते सोमबार अपराह्न ५ बजेभित्र मुख्यमन्त्री नियक्तिका लागि आह्वान गर्नुभएको हो ।

कर्णाली प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत नल्याएकाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरिएको छ ।

उक्त उपधाराबमोजिम प्रदेशसभा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यको नेतृत्वमा सरकार गठन हुनेछ ।

कर्णाली प्रदेशमा ४० प्रदेशसभा सदस्य रहेका छन् । यस प्रदेशमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेका १४, नेकपा (माओवादी केन्द्र) का १३, नेकपा (एमाले) का १०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र गरी एकरएक जना सदस्य रहेका छन् ।