८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

बागमती प्रदेशः चार दिनभित्र सरकार गठन गर्न आह्वान

बागमती प्रदेशः चार दिनभित्र सरकार गठन गर्न आह्वान
अ+ अ-

हेटौँडा । बागमती प्रदेश प्रमुखको कार्यालयले प्रदेशमा सरकार गठनका लागि आह्वान गरेको छ ।

प्रदेशप्रमुख यादवचन्द्र शर्माले यही पुस २५ गते सोमबार अपराह्न ४ बजेभित्र दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतसहित मुख्यमन्त्री नियुक्तीका लागि आह्वान गर्नुभएको हो ।

बागमती प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न नसकेकाले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले जानकारी दिएका छन् ।

११० सदस्य रहेको बागमती प्रदेशमा नेपाली कांग्रेस ३७ सदस्यसहित सबैभन्दा ठूलो दल बनेको छ । प्रदेशमा नेकपा ९एमाले० का २७, नेकपा ९माओवादी केन्द्र० का २१, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का १३, नेकपा ९एकीकृत समाजवादी० का ७, नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० का ३ र हाम्रो नेपाली पार्टीका २ सदस्य छन् ।

बागमती प्रदेशमा सरकार गठनका लागि ५६ सदस्यको समर्थन आवश्यक हुन्छ । संघीय सरकारमा भएको सत्ता समीकरण परिवर्तनले सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सरकार बनाउन सक्ने सम्भावना अत्यन्त न्यून छ ।

बागमती प्रदेशमा एमाले, माओवादी केन्द्र र राप्रपासहितको सरकार गठनको तयारी भए पनि मुख्यमन्त्रीमा तीन दलका संसदीय दलका नेताहरुले दाबी गरेका छन् ।

एमालेका जगन्नाथ थपलिया, माओवादी केन्द्रका शालिकराम जमकट्टेल र राप्रपाका उद्धव थापाले मुख्यमन्त्रीमा दाबी गर्नुभएको हो ।

यसैबीच राप्रपाले केन्द्रीय सरकारमा ४ वटा मन्त्रालय पाएको अवस्थामा बागमती प्रदेशमा मुख्यमन्त्रीको दाबी छोड्ने संकेत दिएको छ ।