८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

गाउँ फेरिएर बजार बनेको ‘खौलारा’

गाउँ फेरिएर बजार बनेको ‘खौलारा’
अ+ अ-

ढोरपाटन । “विकास हुन धेरै समय लाग्दो रैनछ, यो गाउँ यति छिट्टै फेरियो, विगतलाई सम्झिँदा यस्तो होला भन्ने कसैले कल्पाना गरेका थिएनौँ”, बडिगाड गाउँपालिका–५ का ७१ वर्षीय चूडामणि घिमिरे गाउँ फेरिएकोमा दङ्ग हुनुहुन्छ ।

दुई दशकअगाडिसम्म सनुसान गाउँ रहेको खौलारा अहिले स्वरुप बदलेर बजार बनेको छ । मध्यपहाडी लोकमार्ग खौलाराको मध्यभागबाट हुँदै गए पछि यहाँ थुप्रै विकासका सम्भावना पनि खुलेका छन् । करिब २३ वर्ष अगाडि मध्य पहाडी लोकमार्गको ट्रयाक खुले पनि एक दशक अगाडिसम्म बस्ती विस्तार भएको थिएन । अहिले बजार बनेको यो ठाउँमा स्थानीयले धान, गहुँ, तोरीलगायतका खाद्य बाली उत्पादन गरी यहीबाट जीवन चलाउथे । पाँचवर्ष अगाडि जब लोकमार्ग कालोपत्रे भयो तब यहाँ तीव्ररुपमा बजार विस्तार भयो । अहिले खौलाराको चारैतिर ठूला–ठूला घर भवन निर्माण भइरहेका छन् ।

पहिले अन्न उत्पादन हुने ठाउँमा अहिले बजार विस्तार हुँदा खुसी लागेको चूडामणि बताउनुहुन्छ । उहाँले लोकमार्गले जोडिएपछि यो ठाउँका मुहार फेरिएको बताउनुभयो । सडकले नजोडिँदा यहाँ चार/पाँच वटामात्रै घर रहेको स्मरण गर्दै अहिले ठूला–ठूला सहरमा जस्तै भवन बनेको घिमिरेले सुनाउनुभयो । अब नुन बोक्न बुटवल जानै नपर्ने उहाँको भनाइ छ । “खौलारामा धेरै राम्रो धान फल्थ्यो, समथर ठाउँ थियो, यो गाउँका मान्छेले यही धान, गहुँ उत्पादन गरेर जीविका चलाउथे, अहिले मोटर गाडी आए, धान फल्ने ठाउँमा बजार बन्यो, गाडी गुड्छन्, पहिलेको खौलारा र अहिलेको खौलारामा आकाश पातल फरक छ”, घिमिरेले भन्नुभयो, “खेती मासियो, घर भवन ठडिए, दिनदिनै घर बनेका छन्, पछिपछि त यहाँ खाली ठाउँ देख्नै पाइन्न होला ।”

उहाँले सडक नआउँदा घण्टौँ यात्रा गरेर दैनिक उपभोग्य सामान ढुवानी गर्ने स्थानीय अहिले घरै अगाडि सबै सामान किनमेल गर्न पाएको बताउनुभयो । बजार बन्न थालेपछि आवश्यक सामान सबै यही पाइन थालेको घिमिरेको भनाइ छ । उहाँले अब सामान्य कामका लागि गाउँ छोडेर टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुहुन्छ ।उहाँले भन्नुभयो, “हाम्रो पालामा सामान्य नुन, तेल किन्न पनि बटौली ९बुटवल० जानुपथ्र्यो, लत्ताकपडादेखि हामीलाई आवश्यक पर्ने सामान यहाँ पाइँदैनथ्यो, अहिलेको जस्तो पसल थिएनन्, बजार देख्न त कि बुटौलीनै जानुपथ्र्यो, कि सुनवल पुग्नुपथ्र्यो, अहिले भन्नुहुन्छ भने घरबाट बाहिर निस्किए बजार देखिन्छ, चाहिएको सामान सबै यहीँ पाइन्छ ।”

स्थानीय देवीराम खरेलले लोकमार्गका कारण यो ठाउँसँगै स्थानीयको जनजीवन परिर्वतन भएको बताउनुहुन्छ । उहाँले सडक नआउँदा सामान्य कामको लागि हप्ता दिन हिँडेर सदरमुकाम बागलुङ बजार पुग्ने गरेको भन्दै अहिले तीन घण्टामै पुग्न सकिने बताउनुभयो । सडकले नागरिकको जीवन सरल र सहज बनाउँदै गएको खरेलको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “सडक नआउँदा यहाँका जनताले धेरै सास्ती खेप्नुपरेको थियो, आजाभोलि दुई÷चार घण्टा लाग्ने स्थानमा पुग्न दुई÷तीन दिन लाग्थ्यो, मान्छे बिरामी परेपछि डोकोमा बोकेर टाढा पु¥याउनुपथ्र्यो, सडकले अहिले धेरै कुरामा सहजता ल्याएको छ, पहिलेजस्तो सास्ती खेप्नुपर्ने अवस्था छैन, बिरामी परियो भने पनि गाडीमै एकैछिनमा औषद्योपचार गर्न गइन्छ, पहिलेको जस्तो उपचार नपाएर अकालमा मर्नुपर्ने अवस्था छैन, अब पहिलेको जस्तो बागलुङ बजार जान हप्ता दिन लाग्दैन ।”

बडिगाडको सबै ठाउँ सडकले जोडिएको बताउँदै सडकले यहाँ उत्पादन भएका उत्पादित वस्तु बजारसम्म पु¥याउन सहज भएको उहाँले बताउनुभयो । अहिले लोकमार्ग छेउछाउका जग्गामा धमाधम बस्ती विस्तार भइरहेको भन्दै यसरी बस्ती बढ्दै जाँदा सडक छेउका जग्गाको मूल्य निकै आकासिँदै गएको उहाँको भनाइ छ । सडक नआउँदा बाँझै रहेका जग्गा अहिले घडेरीमा परिणत भएको घिमिरेको भनाइ छ ।

“सडकले स्थानीयलाई व्यावसायिक पनि बनाएको छ, पहिले गाउँमा उत्पादन हुने तरकारी तथा फलफूल निःशुल्क बाँड्ने चलन थियो, अहिले बजारसम्म ल्याएर थोरै भए पनि पैसा पार्ने बानी बस्दैछ”, उहाँ भन्नुहुन्छ, “अहिले त लोकमार्गले छोएको जग्गा खाली छैनन्, कहीँ ठाउँ घर बने, कतै बन्दै छन् भने केहीँ ठाउँमा घडेरी निर्माण भएका छन्, पहिले बाँझो बनेका जग्गा पनि अहिले लाखौँ मूल्यमा बिक्री हुन थालेका छन्, खौलारामा सानादेखि ठूला–ठूला भवनले खाली ठाउँ ढाकिन थालेका छन् ।”

बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले बजारलाई व्यवस्थित बजारका रुपमा विकास गर्न गाउँपालिकाले योजना बनाएको बताउनुभयो । उहाँले पालिककै मुख्य बजारका रुपमा यस ठाउँ रहेको भन्दै अब यहाँ बन्ने कुनै पनि घर भवन मापदण्डविपरीत नबन्ने बताउनुहुन्छ । अब मापदण्डपालना गरेर मात्रै संरचना निर्माण हुने उहाँको भनाइ छ ।

“यो बडिगाड गाउँपालिकाको मुख्य बजार हो, समथर र ठूलो भूगोल हुँदा यहाँ बस्ती विस्तार हुँदैछ र भविष्यमा जिल्लाकै ठूलो बजार हुने देखिन्छ, पछि अस्तव्यस्त बजार हुन नदिन हामीले अहिलेदेखि नै एउटा मापदण्ड बनाएर घर भवन निर्माण गर्ने कार्यविधि बनाएका छौँ, खौलारासँगै लोकमार्गले जोडिएका अन्य क्षेत्रमा बस्ती विस्तार भइरहेको छ, ती ठाउँमा घर भवन निर्माण गर्दा मापदण्डपालना गर्नुपर्ने छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष अधिकारीले बजारमा ढल, फोहोर व्यवस्थापनका, सिसी क्यामेरा र सोलार बत्ती जडान गर्ने योजना रहेको जानकारी दिनुभयो । बजारको सौन्दर्यकरणका लागि गाउँपालिकाले काम सुरु गर्न थालेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लाका धेरै बजारमा पहिले योजना नबनाउँदा अहिले धेरै समस्या आएको पाइन्छ, त्यसले गर्दा हामीले यहाँको सौन्दर्यकरणका लागि के गर्ने फोहोर व्यवस्थापन कहाँ गर्ने, कसरी ढल व्यवस्थापन गर्न सकिन्छ भनेर अध्ययन गरी सकेका छौँ, अहिले बनाएको योजनाले दशकौँ वर्षपछिको बजार व्यवस्थापनलाई सहज बनाओस् भन्ने हाम्रो चाहना छ ।” उहाँले योसँगै खर्बाङ, न्वारा, खारा, भिमगिठेलगायत लोकमार्गले जोडिएका स्थानमा सिसी टिभी, सोलार बत्ती जडान गर्ने बताउनुभयो । यी ठाउँको सौन्दर्यकरणका लागि आवश्यक तयारी गरिरहेको अध्यक्ष अधिकारीको भनाइ छ ।रासस