७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकार आधारभूत वर्गको होः मन्त्री भण्डारी



अ+ अ-

काभ्रेपलाञ्चोक । बिना विभागीयमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार आधारभूत वर्गको भएको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित नेपाल टेलरिङ व्यवसायी महासङ्घको चारदिने ‘सीप सम्मेलन–२०७९’ एवं तालिम तथा सीप सप्ताहको उद्घाटन समारोहमा उहाँले वर्तमान सरकार जनमुखी एवं आधारभूत वर्गको श्रम र सीपमा विश्वास गर्ने सरकार भएको दाबीसमेत गर्नुभयो ।

“जनमुखी वर्तमान सरकार आधारभूत वर्गको श्रम र सीपमा विश्वास गर्ने सरकार हो, श्रम र सीपमा न्याय नपाउनेलाई सम्मानका साथ सम्बोधन गर्नेछौँ”, मन्त्री भण्डारीले भन्नुभयो । उहाँले आधारभूत वर्गको वर्गको हितमा लागेकाले आफूलाई पश्चिमका नागरिकले जनमत दिएको बताउनुभयो ।

समृद्धिको यात्रा तय गर्ने क्रममा आधारभूत वर्गले न्याय पाउँदा श्रम र सीपको मूल्य पनि सरकारले बुझ्नुपर्ने उहाँको धारणा थियो । मन्त्री भण्डारीले भिन्न विचार भएका दललाई एकीकृत आकार दिई साझा मुद्दामा दललाई सहभागी गराएर वर्तमान सरकार निर्माण प्रक्रिया अघि बढेको उल्लेख गर्दै हाल पूर्णताः नपाएको सरकारले विश्वास प्राप्त गर्नुपूर्व सहमति गरेर अघि बढ्ने बताउनुभयो । “अहिलेको सरकार जनादेशबाटै तयार भएको हो, हामी न्यूनतम साझा उद्देश्य र लक्ष्य तय गर्दैैछौँ, साझा अवधारणा बनेपछि सरकारको यात्रा तय हुनेछ, अहिलेको कार्यक्रम यो हो भनेर जान्छौँ”, उहाँले भन्नुभयो ।

मन्त्री भण्डारीले विश्व बजारमा नेपालको जनशक्ति, श्रम र सीपले बजार प्राप्त गर्नुपर्नेमा त्यसो नभइरहकोमा दुःख व्यक्त गर्दै नेपाली बजार आयातितमा मात्रै निर्भर हुन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली श्रम र सीपका वस्तु निर्यात गरी विदेश तयारी वस्तुलाई निरुत्साहित गर्नुपर्ने आजको आवश्यकता हो ।” उहाँले सरकारले नयाँ बजेट बनाउँदा नयाँ पन, नेपाली मन, राष्ट्रियता तथा मौलिकता झल्किने सीपलाई प्रवद्र्धन गर्ने बताउनुभयो ।

कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, पनौती नगर उपप्रमुख गीता बञ्जारा, नेपाल कपडा तथा सिलाई व्यवसायी महासङ्घका पूर्वअध्यक्ष विदुर बज्राचार्य, नेपाल उद्योग वाणिज्य महासङ्घका बागमती प्रदेश उपाध्यक्ष दुधराज श्रेष्ठ, काभ्रे उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र पसछेलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा महासङ्घका अध्यक्ष गोपाल परियारले नेपालीको जनसङ्ख्यामध्ये ३३ प्रतिशत स्कुल, कलेजका विद्यार्थी र कर्मचारीले बर्सेनि पोसाक लगाउने भएकाले यस व्यवसायमा सोहीअनुसारको सीपयुक्त जनशक्ति पूर्ति नभएको गुनासो गर्नुभयो । सम्मेलनमा एक सय ५० व्यवसायी सहभागी छन् ।