८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशनपछि प्रशासन विज्ञ भन्छन्ः पहिला नीति परिवर्तन अनि निर्देशन(भिडियोसहित)

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशनपछि प्रशासन विज्ञ भन्छन्ः पहिला नीति परिवर्तन अनि निर्देशन(भिडियोसहित)
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस १९ गते नेपाल सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन दिनुभयो । पुस १८ र १९ गते सचिवहरुसँगको छलफलपछि उहाँले सचिवहरुलाई आफ्नो विभागमा रहेका समस्या समाधान गर्न र सर्वसाधारणका समस्या राम्रोसँग पहिचान गरी यथार्थ नजिक पुग्न भन्दै निर्देशन दिनुभएको थियो ।

मन्त्रालय र विभागमा काम बिनाका कर्मचारीहरू थुप्रो लाग्ने तर जनतालाई आधारभुत सेवा दिने पालिका तहमा जनशक्तिको अभाव भई जनता सेवाबाट वञ्चित हुने अहिलेको अवस्थाको अन्त्य हुनैपर्ने उहाँको निर्देशन थियो । अब सरकार गठनको एक महिनाभित्र राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, शिक्षा मन्त्रालयबाट प्रदान गरिने “नो अब्जेक्शन सर्टिफिकेट”, सरकारी अस्पतालमा बिरामीको उपचार, मालपोत, नापी, कर दस्तुर बुझाउने ठाउँमा सेवाग्राहीले अहिले जस्तै लाइनमा बस्ने सास्ती देखियो भने निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने अवस्था आउनेछ प्रधानमन्त्री दाहालको निर्देशनमा भनिएको छ ।

प्रधानमन्त्री दाहालले आफूले कसैलाई दण्डित गर्न नचाहेको तर सरकारसँग सिमित विकल्प रहेकाले नतिजा देखिने कार्यसम्पादन गर्न सचिवहरुलाई निर्देशन दिनुभएको थियो । नागरिकले अहिले भोगिरहेका सास्तीको हल गर्न नसक्ने पदाधिकारी दण्डको भागी हुने निर्देशनमा भनिएको छ । प्रधानमन्त्रीले कतिपय दस्तुर बुझाउने लाइन स्थानीय तहमा र सवारी लाइसेन्सको लाइन प्रदेश तहमा भएको कुरा गरेर कर्मचारीहरु पन्छिन नपाउने बताउनुभएको छ ।

प्रधानमन्त्रीको निर्देशनपछि प्रशासकहरु भने असन्तुष्ट बन्दै आएका छन् । कर्मचारीहरुले आफ्नो सामाजिक सञ्जालमा प्रधानमन्त्रीको निर्देशनको खुलेरै असन्तोष पोखिरहेका छन् ।  लोकसेवा आयोगका पूर्व अध्यक्ष एवं प्रशासन विज्ञ उमेश मैनालीले कर्मचारी र प्रशासनको मूल्यांकन नभइ अचानक सरकारबाट यस्तो आदेश आउनुले प्रशासनमा राम्रो सन्देश नदिने बताउनु भयो । उहाँले प्रशासनमा भइरहेको समस्याको खोजि गरेर त्यसको समाधान गर्ने र आवश्यक सामग्री र जनशक्तिको पहिचानपछि मात्रै यस्ता निर्देशनहरु दिनु उपयुक्त हुने बताउनु भयो ।

उहाँले नीति परिवर्तन नभइ प्रधानमन्त्रीको निर्देशनले मात्रै प्रशासनहरु चल्न नसक्ने भएकाले सरकारले सबैभन्दा पहिला कमी भएका नीतिहरुलाई पूर्ण बनाउनुपर्ने बताउनु भयो । पूर्व अध्यक्ष मैनालीले सरकार र कर्मचारीबीच मित्रवत व्यवहार हुनुपर्ने भन्दै एकअर्काले हातेमालो गरेर जानुको विकल्प नरहेको बताउनु भयो । उहाँले दुई दुई पटक प्रधानमन्त्री भइसकेको मान्छे नेतृत्वमा आउँदा प्रशासनले धेरै आशा गर्ने भएको तर नेतृत्वमा परिपक्व निर्देशन हुन नसकेको बताउनु भयो ।

हाँले भन्नुभयो, ‘सचिवहरुको बैठक दुई दिनसम्म चल्यो, आफ्ना कुराहरु ब्रिफ गर्नुभयो, कसैले आफ्ना अफ्ठ्याराहरु राख्नुभयो । किनभने प्रधानमन्त्री भनेको अभिभावक हो । तर नयाँ प्रधानमन्त्री आइसकेपछि ब्रिफिङ लिनुपर्छ, जानकार हुनुपर्छ । तर दुई पटक प्रधानमन्त्री भइसकेको मान्छे आउँदा उसबाट एउटा परिपक्व निर्देशनको आशा गरिन्छ ।’

‘यति दिनभित्र यो गरिनुपर्छ यो समयभित्र काम भएन भने म सचिवलाई कारबाही गर्छु भन्नु यो प्रशासनिक भाषामा ब्युरोक्र्याट प्यासिक भन्छ । कर्मचारी तर्साउने । मुल भिक्टिम भन्छ। मोबाइलको बारेमा कुरा आयो, नीति,नियम के छ त्यो अनुसार प्रशासन चल्छ, पहिला नीति त परिवर्तन गर्नुपर्छ नि, प्रधानमन्त्रीको निर्देशनले मात्रै हुने कुरा होइन, नीति संशोधन पहिला गर्नुपर्छ र पो लागू हुन्छ ।’

उहाँले वि.सं.२०१३ सालमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले स्क्रिनिङ टेस्ट गरेर कर्मचारी चयन गरेपनि अन्य सरकार र नेतृत्वले भने आजसम्म पनि कर्मचारीप्रति सकारात्मक नरहेको बताउनु भयो । उहाँले त्यसपछिका सरकार र नेतृत्व कर्मचारी र प्रशासनमाथि थिचोमिचो गर्ने किसिमको रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिज्ञहरुले कर्मचारीको मूल्यांकन गरेर स्टयाण्डर बनाइदिनुपर्छ । नीति बनाइदिनुपर्छ । विभिन्न तरिकाबाट कर्मचारीको मूल्यांकन नभइकन एकैपटक यस्तो आदेश आयो भने गाह्रो हुन्छ । प्रधानमन्त्रीले जुन अहिले यति दिनभित्र समस्या समाधान नभए म सचिवलाई कारबाही गर्छु । तर उहाँले भनेकै दिनबाट राहदानीमा सिस्टम कोल्याप्स भयो । क्युमा अलिअलि हुने काम पनि रोकियो । त्यो भित्र केही समस्या छ । त्यो समस्या पनि उहाँहरुले हेर्नुपर्छ । कर्मचारहीहरु पार्टनर हो ।’

‘मास्टर सर्भेन्चको रिलेशन होइन, प्रधानमन्त्री र कर्मचारीबीचको । सरकारलाई नीति बनाउन सुझाव दिनेदेखि सरकारका नीति कार्यान्वयन पनि गर्नुहुन्छ । प्रशासन चुस्त बनाउनु पर्छ । यो चुस्त बनाउने प्रयास कुनैपनि नेतृत्वले आजसम्म सरकारमा रहेर गरेको छैन । २०१३ सालमा केही समय टंकप्रसादजीले शुरु गर्न खोज्नुभएको थियो । उहाँलाई अपदस्थ गरियो । उहाँले स्क्रिनिङ टेस्ट लिएर फेल गरेका कर्मचारीहरुलाई नियुक्ति गरियो । टंकप्रसादजी बाहेक कहिले पनि राजनीति कर्मचारीको लागि सकारात्मक रहेन । अत्याचारी रह्यो । थिचोमिचो गर्ने अभिभावकको रुपमा रह्यो ।’

पूर्वअध्यक्ष मैनालीले नयाँ सरकारले अचानक निर्देशन दिने भन्दापनि पहिला कर्मचारी र प्रशासनका समस्या समाधानका लागि सहयोग गर्नुपर्ने बताउनु भयो । समस्या समाधानको लागि कुनै समिति बनाएर अघि बढ्न सरकारलाई उहाँको सुझाव छ । उहाँले नागरिकले संघीय सरकार आइसकेपछि आफूले सेवाप्रवाहमा सुधार नपाएको गुनासो गरिरहेको भन्दै जनताको गुनासोलाई सम्बोधन गर्नेगरी नीतिनिर्माण हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले जनताका कुराहरु प्रधानमन्त्री र मन्त्रीहरुले सुन्नु र बोल्नु राम्रो भएपनि आवश्यक सामग्री, जनशक्तिको अभावलाई परिपूर्ति गर्न सरकारले पहिलो कदम चाल्न आवश्यक रहेको बताउनु भयो । पूर्वअध्यक्ष मैनालीले प्रशासनहरुमा पनि भोलिवादको रोग बढीरहेको भन्दै भोलि गर्ने भनेर जनताको सेवा प्रवाह गर्न छोड्नु भन्दा तत्काल समस्या समाधान गर्नतर्फ अग्रसर हुनुपर्ने बताउनु भयो । उहाँले प्रशासनमा अहिले पनि रकमी प्रशासकहरुको हाबी भएको भन्दै राज्यले त्यस्ता कर्मचारीहरुप्रति भने निगरानी राख्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री नयाँ आउनुभएको छ, हामी बाहिरबाट पनि सहयोग गर्नेछौँ, तर अहिले भएका कर्मचारीहरुको पनि समस्या पनि बुझिदिनुपर्छ । हामीले कुनै न कुनै समिति बनाएर सेवा प्राप्त गर्ने व्यक्तिको प्रतिनिधित्व पनि गराइदिनुपर्छ । संघीय सरकार आइसकेपछि पनि सरकारी सेवामा छिटो छरितो सेवा पाइन सकेको छैन । फरक खालको सेवा प्रवाह भएन भन्ने गुनासो जनताको पनि छ । त्यो सही पनि हो । जनताका कुरा प्रधानमन्त्री, मन्त्रीले बोल्नुपर्ने सही पनि हो ।’

‘तर आवश्यक सामग्री, जनशक्तिको अभाव छ भने परिपूर्ति हुन पनि आवश्यक छ । केही कम्युटर अपरेटरहरु काजमा लगिएको छ भन्ने सुनिएको छ त्यो सही हो । उनीहरुलाई अपुग सामग्रीहरुको व्यवस्था गर्नुपर्छ, नीतिगत रुपमा कहाँ कमजोरी छ त्यो सुधार गर्नुपर्छ । फु मन्तर हुँदैन । काम गर्नको लागि कार्यालयका स्टेशनको व्यवस्थापन चुस्त बनाउनु पर्छ । त्यसको लागि मेसिन किन्नुपर्छ । राहदानी कुरा गर्दा पनि जनशक्तिको व्यवस्थापन र नीतिगत समस्या समाधान गर्नुपर्छ । कर्मचारीहरुबाट जनताले अहिले पनि सेवाप्रवाहमा फरक अनुभुति गर्न नसकेको गुनासो छ ।’

‘प्रशासन र राजनीति जनताप्रति उत्तरदायि छैनन् भन्ने जनताको धारणा छ । प्रशासनको सबैभन्दा ठूलो रोग भनेको भोलिवादी हो । म्यानाना कल्चर हो । प्रशासनमा अहिलेपनि रकमी प्रशासकहरुको हाबी छ । जनतालाई कसरी सहज हुन्छ भन्ने हेर्दैनन् । मोबाइल सर्भिस आइसक्यो । हाम्रोमा भने सुधार पनि भएको छैन । राम्रा कामलाई निरन्तरता दिन सकिएको छैन । जनमुखी कार्यक्रमहरु गर्न उथलपुथल हुने कार्यक्रमहरु ल्याउने आँट हाम्रो कुनै नेतृत्वले गर्न सकेन । हामी हिजोकै सेवामा अड्किएका छौँ ।’

‘बाहिरी देशहरुमा सेवा लिए बापत सेवाग्राहीले नै मूल्यांकन गर्ने सिस्टम आइसक्यो । कर्मचारीहरुमा पनि नयाँ किसिमबाट केही दिन सकिन्छ की भन्ने नै छैन, उनीहरु पनि चाँडो कमाउने स्थिति मात्रै आयो । यो दुःखद् छ । हामीले कर्मचारीको समस्या, कल्चर परिवर्तन गर्नुपर्छ । ब्युरोकेसीले आफूभित्रको सुधारका लागि पनि तयार रहनुपर्छ । राजनीतिज्ञहरुले नयाँ विचार, भिजन ल्याउने हो, त्यसको चेन्ज एजेण्डको काम ब्युरोकेसीले गर्ने हो । राजनीतिज्ञले राज गर्ने हो, प्रशासनले शासन चलाउँछ । यो विचार राजनीतिक नेतृत्वले सिक्नुपर्छ ।’

पूर्वअध्यक्ष मैनालीले कर्मचारीहरुमा पनि नयाँ किसिमबाट सेवा दिने भन्दापनि कसरी चाँडै धनी बन्ने भन्ने मानसिकता रहेको बताउनु भयो । उहाँले परिवर्तन सरकारले नै गर्ने भएकाले सरकारी सबै निकायहरु पनि परिवर्तनका लागि तयार रहनुपर्ने बताउनु भयो । उहाँले राजनीतिज्ञले राज गर्ने र प्रशासनले शासन गर्ने कुरालाई अहिलेका राजनीतिक दलहरुले बुझ्न जरुरी रहेको बताउनु भयो ।