१९ भाद्र २०८३, शुक्रबार
,
Latest
शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्ड भेट्न माधव नेपाल सिंहदरबारमा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदरबार पुग्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार दुवै नेताबीच छलफल भइरहेको छ ।

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा सहभागिताका बारेमा कुनै निर्णय गर्न सकेको छैन । सरकारबाट सहभागितका लागि औपचारिकरुपमा कुनै प्रस्ताव नआएको सो पार्टीले बताउँदै आएको छ ।

अध्यक्ष नेपालले आज मात्रै प्रचण्डको अनुहार हेरेर समर्थन गर्न मिल्ने भए दिइसक्ने बताउनुभएको थियो । उहाँले प्रधानमन्त्री प्रचण्डलाई यही पुस २६ गते विश्वासको मत दिन सरकारको काम हेरेर निर्णय लिइने बताउनुभएको थियो ।