२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डको ‘निजी सचिव’ मा ढुंगाना नियुक्त



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘निजी सचिव’मा नवराज ढुंगाना नियुक्त भएका छन् ।

सहसचिव ढुंगानालाई सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निजी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सहसचिव ढुंगाना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट पुस १४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका भएका थिए ।

यस अघि उनले वीरगन्ज भन्सार, महालेखा नियन्त्रकको कार्यालय, राष्ट्रिय दलित आयोग र वन तथा वातावरण मन्त्रालयमा काम गरेका छन् ।