१९ भाद्र २०८३, शुक्रबार
,
Latest
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विवादमा बाँस्कोटाको कटाक्ष – ‘टी–ट्वान्टीमा चतुरबहादुरको चतुर्याइॅंले काम गरेनछ’



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता एवं प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दमाथि कटाक्ष गरेका छन् ।

काठमाडौँमा जारी नेपाल टी–२० लिगको विवादमाथि प्रतिक्रिया जनाउँदै चन्दमाथि खनिएका हुन् । आज मंगलबार बिहान काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेलको क्रममा खेलाडीहरुले टस गर्न नमानेपछि निर्धारित २० ओभरको खेललाई ९ ओभरमा झारेर दुई घण्टापछि खेल सुचारु भएको थियो ।

नेपाल टी–२० लिगमा आबद्ध विभिन्न टिमका खेलाडीहरूले पारिश्रमिक नपाएको भन्दै विरोध जनाएका छन् ।

यसैक्रममा बाँस्कोटाले सामाजिक सञ्जालमा क्यानप्रति असन्तुष्टि जनाउँदै लेखेका छन् – र, अन्त्यमा टी-ट्वान्टीमा चतुरबहादुरको चतुर्याइॅंले काम गरेनछ।खेलाडीको विजोग,मालीक बेपत्ता बांकी खेल के हुने हो राम भरोसामा ! मैले पहिल्यै क्यानको ताल ठीक भएन भन्या थें।आज बीसको खेल नौ खेलेर बीट मारेछन।

 




भर्खरै