२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा र एकीकृत समाजवादीबीच पार्टी एकताबारे बहस सुरु



अ+ अ-

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बीच पार्टी एकतालाई लिएर बहस सुरु भएको छ ।

अहिले जसपाको राजनीतिक समितिको बैठकमा यसबारे छलफल भइरहेको बताइएको छ । राजनीतिक समितिको बैठकमा सदस्यहरुले धारणा राख्ने क्रम भइरहेको छ ।

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पनि सोमबार पत्रकारहरुसँग जसपासँग पार्टी एकताबारे छलफल भइरहेको बताउनुभएको थियो ।

माधव नेपालले नेकपा (एमाले) बाट अलग भएर गठन गर्नुभएको एकीकृत समाजवादी विसं २०७८ भदौ ९ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । एकीकृत समाजवादीले गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १० सिट जितेको थियो । आवश्यक थ्रेस होल्ड कटाउन नसक्दा उक्त पार्टी राष्ट्रिय पार्टी बन्न वञ्चित भएको थियो ।

त्यस्तै उपेन्द्र यादव नेतृत्वको जसपाले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ५ सिट गरी कूल १२ सिट जितेको थियो । दुवै पार्टीबीच एकता भए कूल २२ सांसद हुनेछन् र प्रतिनिधिसभामा चौथो ठूलो दल बन्नेछ । अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २० सिटसहित चौथो ठूलो दल हो ।