५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभु साहको आम जनता पार्टीलाई रामवीर मानन्धरको साथ



अ+ अ-

काठमाडौँ । नवगठित आम जनता पार्टी (आजपा) लाई नेकपा (एमाले) का पूर्व नेता एवं पूर्वराज्यमन्त्री रामवीर मानन्धरले साथ दिने भएका छन् । पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा आम जनता पार्टी गठन भएको हो ।

माछापोखरीस्थित मानन्धर निवासमा आजपा अध्यक्ष साह र मानन्धरबीच भएको भेटमा अब मानन्धर संगठितरुपमा अघि बढ्ने भएको आजपा प्रचारप्रसार विभाग उपप्रमुख निवेश यादवले जानकारी दिएका छन् ।

दुवै नेताबीच मिलेर पार्टी खोल्ने पूर्वसहमति भएको थियो । २०७७ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा साह विगतमा शहरी विकास मन्त्री हुँदा मानन्धर सोही मन्त्रालयमा राज्यमन्त्री थिए ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ७ बाट २०७० को संविधानसभा सदस्य रहेका मानन्धर २०७४ सालको प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी हालै भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समेत सोही निर्वाचन क्षेत्रबाट स्वतन्त्र हैसियतमा निर्वाचित भएका थिए ।

साह भने नेकपा एमालेबाट टिकट लिएर पनि रौतहटमा स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । साथै साहले तीनजनालाई स्वतन्त्र हैसियतमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराएका थिए । उनले तीन स्वतन्त्र सांसदहरुलाई साथमा लिएर आम जनता पार्टी गठन गरेका हुन् ।