१९ भाद्र २०८३, शुक्रबार
,
Latest
माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले पृथ्वी जयन्तीमा देशैभर कार्यक्रम गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीमा देशैभर कार्यक्रम गर्ने भएको छ ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले पृथ्वी जयन्तीमा काठमाडौंसहित देशैभर कार्यक्रम गर्न लागेको हो । अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा आज पृथ्वी जयन्ती मनाउन गठित तयारी समिति बैठक बसेको समेत बसेको थियो ।

बैठकले देशका ७७ जिल्लामै विविध कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउने र काठमाडौंमा भृकुटीमण्डपमा भेला भई सिंहदरबार अगाडिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने र दिउँसो भृकुटीमण्डप परिसरमा चियापान समारोहको आयोजना गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

पृथ्वी जयन्ती समारोहका लागि राप्रपाले अध्यक्ष लिङ्देनको संयोजकत्वमा एक हजार एक सय ११ सदस्यीय मुल समिति र विभिन्न ११ उपसमिति गठन गरेको छ ।

नेपाली पहिचान दिने पृथ्वीनारायण शाहको सम्मानमा राज्यको तर्फबाट कुनै कमी हुन नहुने भन्दै राप्रपाले हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवको रुपमा मनाउँदै आएको छ । उक्त दिन सार्वजनिक बिदा दिन सरकारसँग राप्रपाले माग गर्दै आएको छ ।