• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

राप्रपाले पृथ्वी जयन्तीमा देशैभर कार्यक्रम गर्ने



फाईल फोटो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीमा देशैभर कार्यक्रम गर्ने भएको छ ।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाले पृथ्वी जयन्तीमा काठमाडौंसहित देशैभर कार्यक्रम गर्न लागेको हो । अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा आज पृथ्वी जयन्ती मनाउन गठित तयारी समिति बैठक बसेको समेत बसेको थियो ।

बैठकले देशका ७७ जिल्लामै विविध कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउने र काठमाडौंमा भृकुटीमण्डपमा भेला भई सिंहदरबार अगाडिको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने र दिउँसो भृकुटीमण्डप परिसरमा चियापान समारोहको आयोजना गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

पृथ्वी जयन्ती समारोहका लागि राप्रपाले अध्यक्ष लिङ्देनको संयोजकत्वमा एक हजार एक सय ११ सदस्यीय मुल समिति र विभिन्न ११ उपसमिति गठन गरेको छ ।

नेपाली पहिचान दिने पृथ्वीनारायण शाहको सम्मानमा राज्यको तर्फबाट कुनै कमी हुन नहुने भन्दै राप्रपाले हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवको रुपमा मनाउँदै आएको छ । उक्त दिन सार्वजनिक बिदा दिन सरकारसँग राप्रपाले माग गर्दै आएको छ ।