२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक सुरु भएको छ । पार्टी कार्यालय आलोकनगरमा सुरु भएको बैठकले मा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका बारेमा धारणा बनाउने बताइएको छ ।

आइतबार बसेको पार्टी स्थायी कमिटीको बैकठले सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा धारणा बनाउन नसकेपछि पोलिटब्यूरो बैठक बोलाइएको हो । सरकारको समर्थनका विषयमा पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल सरकारबाट औपचारिक प्रस्ताव नआएका भन्दै समर्थनको पक्षमा देखिएका छैनन् ।

तर वरिष्ठ नेता मुकुन्द न्यौपानेसहितका नेताहरुले सरकारलाई समर्थन गर्नुपर्ने र नेकपा (एमाले)सँग एकता गर्नुपर्ने धारणा राखेका छन् ।