१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैसँग एकता नगरी पुनर्गठनको महाअभियान थाल्ने नेकपा एसको घोषणा



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टी पुनर्गठनको महाअभियान सुरु गर्ने भएको छ । शनिबारदेखि सुरु भएको पार्टी स्थायी कमिटीको बैठकपछि पार्टी उपमहासचिव गंगालाल तुलाधरले पार्टी एकताको विषयमा नेकपा (एमाले) का केही नेताहरूले मात्रै हल्ला चलाएको बताउनुभयो ।

उहाँले एकताका लागि नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूसँग कुरा भइरहेको जानकारी दिनुभयो ।

उहाँले गठबन्धन, सरकार र पार्टी एकताको विषयमा छलफल भइरहे पनि पार्टी पुनर्गठन महाअभियान थाल्ने तयारी गरेको बताउनुभयो ।

उहाँले स्थायी कमिटीको बैठकमा अधिकांश नेताहरुको धारणा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने आएको भए पनि प्रधानमन्त्रीबाट औपचारिक रूपमा प्रस्ताव नआएसम्म सरकारमा जान नहुने निष्कर्ष आएको बताउनुभयो ।

एकीकृत समाजवादीले समर्थन नदिएपनि सरकार चल्ने तर सरकारमा जान हतार गर्न हुँदैन, समर्थन गर्ने कुरा फरक हो भन्ने कुरा बैठकमा उठेको उहाँले जानकारी दिनुभयो ।