१५ भाद्र २०८३, सोमबार
,
Latest
विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता चीन रेडक्रसद्वारा नेपाललाई २ हजार शव राख्ने झोला सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता पहिचान नभएका शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ, भविष्यमा आफन्तलाई हस्तान्तरण गर्न सकिन्छः सरकार बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि तेस्रो चरणको धर्ना(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुवी खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना थालेका छन् ।

उनीहरुले ४ बुँदे मागसहित उनीहरुले काठमााडौंको माईतीघरमा धर्ना शुरु गरेका हुन् । निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पु¥याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने मागसहित तेस्रो चरणको आन्दोलन शुरु गरेको अधिकारर्मी रुबी खानले बताउनु भयो ।

उहाँले निर्मला र नन्कुन्नी न्यायका लागि राज्यबाट आवश्यक काम हुन नसकेको बताउनु भयो । उहाँले सरकारले पटक–पटक घटनाको सत्यतथ्य छानबिन गर्ने भन्दै प्रतिवद्धता जनाए पनि कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सरकारले आन्दोलनकारीहरुसँग दुई पटक वार्ता गरेको तर पनि मुद्दा अदालतसम्म पु¥याउन नसकेको बताउनु भयो । उहाँले प्रहरीले नै अपराधीको रक्षा गरिरहेको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्मला कुर्मीको न्यायका लागि तेस्रो चरणको आन्दोलन लिएर आएका छौँ । पहिलो चरणमा २० दिनको पैदल यात्रा गरेर काठमाडौं आयौँ, दोस्रो चरणमा ४२ दिनसम्म आन्दोलनमा बस्यौँ । तेस्रो चरणमा आजबाट आन्दोलनमा छौँ । सम्पतीको लागि नै उहाँलाई बन्धक बनाएर राखियो, यातना दिइयो र हत्या गरियो ।’

‘तर अहिलेसम्म सरकारले आन्दोलनकारी महिलासँग २ पटक वार्ता गरेको छ, तर अदालतसम्म मुद्दा पुगेको छैन, अनुसन्धान गरेका छौँ मात्रै भनेको छ, प्रहरीले नै प्रमणहरु नष्ट गरेको छ । प्रहरीले नै अपराधीको रक्षा गरेको छ । अहिले बाँकेमा निर्मलाले न्याय नपाउँदा ८/९ जना महिलाको हत्या भइसकेको छ । अपराधिहरुको हौसला बढीरहेको छ, अन्यायमा परेकाहरुले न्याय नपाउँदा । सरकारले हाम्रो आवाज सुनिरहेको छैन । सिआईबीले पनि दोहोरो कुरा गरेको छ, कसको विश्वास गर्नु ।’

‘सत्ता र शक्तिले प्रश्रय पाएको भन्ने हाम्रो कुरा हो । विधवा महिला निर्मला कुर्मीको हत्यामा न्यायिक आयोग गठन गरियोस्, जसले वास्तविकता पत्ता लगाओस् । न्यायलयसम्म मुद्दा पु¥याइयोस् । निर्मला कुर्मीको तमसुक पुनः परीक्षण होस् । आन्दोलनकारी महिलाहरुको सुरक्षा प्रत्याभुति होस् यो हाम्रो माग हो ।’

घटनापछि न्यायको माग गर्दै पहिलोपटक उनीहरु नेपालगञ्जबाट २० दिनको पैदला यात्रा गर्दै काठमाडौं आएका थिए । उनीहरुले माईतीरघरमा १९ दिन धर्ना दिएका थिए । गृह मन्त्रालयले घटनाको छानबिन गर्ने प्रतिवद्धता जनाएपछि उनीहरुले धर्ना तोडेका थिए । त्यसपछि उनीहरुले दोस्रो पटकमा ४२ दिनसम्म आन्दोलन गरेका थिए ।