• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंका मेयर साहलाई काम गर्न दिनुपर्छ: काँग्रेस सांसद भण्डारी ★   सुझाव दिएकै भरमा एमाले र माओवादीबीच खटपट शुरु भयो भन्ने होइनः महेश बर्तौला ★   गिरिबन्धु टि स्टेटबारे ओलीको जवाफः बालेनलाई सोध्नुस् ★   सिलौटो बेचेर जीविकोपार्जन गर्दै धरानका विशाल ★   विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐनकानुन नखोजौँ: गृहमन्त्री लामिछाने ★   टी–२० विश्वकपः नेपालको समूहका दक्षिण अफ्रिका र श्रीलंका भिड्दै ★   देउवासँगको छलफलपछि सिंहदरबारमा प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता ★   भोजपुरको सर्वाङ्गिण विकास निर्माणका लागि सबै एक हौँ: पूर्वराष्ट्रपति भण्डारी ★   अर्बपति रुपर्ट मर्डोकले ९३ वर्षको उमेरमा २६ वर्ष कान्छीसँग विवाह गरे ★   गोदावरी नगरपालिकाका मेयर महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि तेस्रो चरणको धर्ना(भिडियोसहित)



काठमाडौँ । बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुवी खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना थालेका छन् ।

उनीहरुले ४ बुँदे मागसहित उनीहरुले काठमााडौंको माईतीघरमा धर्ना शुरु गरेका हुन् । निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पु¥याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने मागसहित तेस्रो चरणको आन्दोलन शुरु गरेको अधिकारर्मी रुबी खानले बताउनु भयो ।

उहाँले निर्मला र नन्कुन्नी न्यायका लागि राज्यबाट आवश्यक काम हुन नसकेको बताउनु भयो । उहाँले सरकारले पटक–पटक घटनाको सत्यतथ्य छानबिन गर्ने भन्दै प्रतिवद्धता जनाए पनि कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सरकारले आन्दोलनकारीहरुसँग दुई पटक वार्ता गरेको तर पनि मुद्दा अदालतसम्म पु¥याउन नसकेको बताउनु भयो । उहाँले प्रहरीले नै अपराधीको रक्षा गरिरहेको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘निर्मला कुर्मीको न्यायका लागि तेस्रो चरणको आन्दोलन लिएर आएका छौँ । पहिलो चरणमा २० दिनको पैदल यात्रा गरेर काठमाडौं आयौँ, दोस्रो चरणमा ४२ दिनसम्म आन्दोलनमा बस्यौँ । तेस्रो चरणमा आजबाट आन्दोलनमा छौँ । सम्पतीको लागि नै उहाँलाई बन्धक बनाएर राखियो, यातना दिइयो र हत्या गरियो ।’

‘तर अहिलेसम्म सरकारले आन्दोलनकारी महिलासँग २ पटक वार्ता गरेको छ, तर अदालतसम्म मुद्दा पुगेको छैन, अनुसन्धान गरेका छौँ मात्रै भनेको छ, प्रहरीले नै प्रमणहरु नष्ट गरेको छ । प्रहरीले नै अपराधीको रक्षा गरेको छ । अहिले बाँकेमा निर्मलाले न्याय नपाउँदा ८/९ जना महिलाको हत्या भइसकेको छ । अपराधिहरुको हौसला बढीरहेको छ, अन्यायमा परेकाहरुले न्याय नपाउँदा । सरकारले हाम्रो आवाज सुनिरहेको छैन । सिआईबीले पनि दोहोरो कुरा गरेको छ, कसको विश्वास गर्नु ।’

‘सत्ता र शक्तिले प्रश्रय पाएको भन्ने हाम्रो कुरा हो । विधवा महिला निर्मला कुर्मीको हत्यामा न्यायिक आयोग गठन गरियोस्, जसले वास्तविकता पत्ता लगाओस् । न्यायलयसम्म मुद्दा पु¥याइयोस् । निर्मला कुर्मीको तमसुक पुनः परीक्षण होस् । आन्दोलनकारी महिलाहरुको सुरक्षा प्रत्याभुति होस् यो हाम्रो माग हो ।’

घटनापछि न्यायको माग गर्दै पहिलोपटक उनीहरु नेपालगञ्जबाट २० दिनको पैदला यात्रा गर्दै काठमाडौं आएका थिए । उनीहरुले माईतीरघरमा १९ दिन धर्ना दिएका थिए । गृह मन्त्रालयले घटनाको छानबिन गर्ने प्रतिवद्धता जनाएपछि उनीहरुले धर्ना तोडेका थिए । त्यसपछि उनीहरुले दोस्रो पटकमा ४२ दिनसम्म आन्दोलन गरेका थिए ।