१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्रीलाई निर्देशन दिनु भएको हो ।

विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ‘नो रेमिट्यान्स’ ह्यासट्याग प्रयोग गर्दै विरोध जनाउन थालेपछि प्रधानमन्त्रीले सो निर्देशन दिनु भएको हो ।

मोबाइल ल्याउँदा कर लाग्ने व्यवस्थापछि विदेशमा बस्ने नेपालीहरुले रेमिट्यान्स नपठाउने भनेर सामाजिक संजालमा अभियान चलाउन थालेका छन् ।

भन्सार विभागले विदेशबाट ल्याउने फोनहरूमा कडाई गर्ने बताएको थियो । व्यक्तिले प्रयोग गरिरहेको सहित थप एउटा मोबाइल ल्याएको छ भने दोस्रो मोबाइलको लागि भन्सार विभागलाई १८ प्रतिशत कर अनिवार्य तिर्नु पर्ने व्यवस्था गरेकोमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिनु भएको हो ।