१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ मा कांग्रेस संसदीय दलको निर्वाचन हुँदै



अ+ अ-

मोरङ । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि प्रदेश नं १ मा आज निर्वाचन हुँदै छ । निर्वाचन सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिका संयोजक रमेशजङ्ग रायमाझीले जानकारी दिनुभयो ।

प्रदेश नं १ को प्रदेशसभामा कांग्रेसबाट प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १२ गरी २९ जना विजयी भएका थिए । कांग्रेसको विधानअनुसार दलको नेता हुन ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ । त्यसैले दलको नेता बन्न २९ मध्ये १५ मत आवश्यक पर्छ । आज हुने निर्वाचनमा कुनै उम्मेदवारले ५१ प्रतिशत मत नल्याएको अवस्था पुनः आजै अर्को निर्वाचन गरेर दलको नेता चयन गर्ने तय भएको रायमाझीले जानकारी दिनुभयो ।

दलको नेताका लागि कांग्रेस प्रदेश नं १ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्की चुनावी प्रतिस्पर्धामा छन् ।