२० आश्विन २०८१, आईतवार
,
Latest
रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगी व्यवसायीहरुका समस्याहरुको समाधान खोज्छुः अर्थमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीहरुका समस्याहरुको समाधान खोज्न सकारात्मक प्रयास गर्ने बताउनुभएको छ ।

बिहीवार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी, नेपाल उद्योग व्यापार महासंघ र नेपाल इन्भेष्टमेण्ट फोरमका पदाधिकारीसँगको छलफलमा अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीहरुका समस्याहरुको समाधान खोज्ने सकारात्मक प्रयास गर्ने बताउनुभएको हो ।

उहाँले चेम्बरले मुलुकको आर्थिक समुन्नतीको लागि सरकारसँग सहकार्य गर्ने विषय सकारात्मक भएको बताउनु भयो । उहाँले मुलुकको आर्थिक उन्नती अहिले सबैको सरोकारको विषय भएको बताउनु भयो । अर्थमन्त्री पौडेलले चेम्बरले उठाएका मागहरुलाई छलफल गरेर सकारात्मक समाधान गर्ने प्रयास गर्ने प्रतिवद्धता जनाउनु भयो ।

त्यस्तै, अर्थमन्त्री पौडेलले नेपाल उद्योग व्यापार महासंघ सँगको छलफलमा अर्थतन्त्र अफ्ठ्यारोमा रहेको भन्दै अफ्ठ्यारोका बीचबाट समाधान खोज्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले व्यवसायीहरुको माग तत्काल सम्बोधन गर्ने विषयमा पहल गर्ने बताउनु भयो । त्यस्तै अर्थमन्त्री पौडेलले शेयर बजार सुधारको लागि आवश्यक पहल गर्नेपनि बताउनु भयो ।

नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले मन्त्री पौडेललाई बैंकको उच्च ब्याजदर र चालुपँजी कर्जाको कारण अर्थतन्त्र संकुचनमा परेको बताउनु भयो । उहाँले बैंकको ब्याजदरलाई व्यवस्थित गर्न र चालुपुँजी कर्जालाई तत्कालको लागि स्थगित गर्न माग गर्नुभयो । अध्यक्ष मल्लले मन्त्री पौडेललाई बैंकको ब्याजदर सिङ्गल डिजिटमा ल्याउन आग्रह गर्नुभयो ।

उहाँले भन्सारमा वस्तु आयात गर्दा लिने सन्दर्भ मूल्यका कारण भन्सार एकीकृत नभएको भन्दै सन्र्दभ मूल्यलाई कारोबार मूल्यको मान्यता दिन आग्रह गर्नु भयो । उहाँले बैंकहरुले कर्जामा लिने प्रिमियमदर बढीमा २ प्रतिशत कायम गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारले चालुपुँजी कर्जा मार्ग दर्शन लागू गरे अधिकांश उद्योग बन्द हुने दाबी गर्नुभयो ।

त्यस्तै अर्थमन्त्रीसँगको भेटमा शेयर लगानीकर्ता संघका पूर्वअध्यक्ष छोटेलाल रौनियारले शेयर लगानीकर्ताहरुले महिनामा १ करोड २० अर्ब रुपैयाँ कर तिर्ने गरेको तर अहिले शेयर बजारमा गिरावट आउँदा लगानीकर्ताको धेरै आम्दानी घटेको बताउनु भयो । उहाँले क्यापिटल गेनमा लाग्ने ७ प्रतिशत कर ५ प्रतिशतमा ल्याउँदा पुँजी बजारलाई सञ्जिीवनीको काम गर्ने बताउनु भयो ।

अर्थमन्त्री पौडेलसँग नेपाल उद्योग व्यापार महासंघले सरकारको पहिलो मन्त्री परिषद्ले गरेको निर्णय कार्यान्वयन गर्न माग गरेको छ । त्यस्तै शेयर लगानीकर्ता संघले पनि विभिन्न माग राख्दै अर्थमन्त्रीसँग भेट गरेको छ । त्यस्तै, बिहीवार नै लघुवित्त वित्तिय संघले पनि विभिन्न आफ्ना माग राख्दै अर्थमन्त्री पौडेलसँग भेट गरेका छन् ।