२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

थापाथलीको अनधिकृत संरचना हटाउन काठमाडौं महानगरले माग्यो गृहको सहयोग



फाईल फोटो
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित अनधिकृत संरचना हटाउन आवश्यक सहयोग गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

बुधवार महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गृह मन्त्रालयलाई नदी किनारमा अनधिकृत रुपमा बनेको संरचना हटाई त्यस क्षेत्रको संरक्षण एवम् सौन्दर्यकरण गर्ने कार्यमा सहयोग एवम् समन्वयका लागि अनुरोध गरेका हुन् ।

थापाथलीस्थित वागमती नदी किनामा अनधिकृत रुपमा बनेको संरचना हटाई त्यस क्षेत्रको संरक्षण एवम् सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन वागमती सभ्यता एकीकृत विकास परियोजनाबाट अनुरोध भएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास गर्दा पनि सफल हुन नसकेको अवस्थालाई ध्यानमा राखेर महानगरले गृह मन्त्रालयलाई पत्राचार गरेको उक्त पत्रमा उल्लेख गरेको छ ।

‘विशेष गरी थापाथलीस्थित अनधिकृत संरचना हटाइ त्यहाँ सौन्दर्यकरणको कार्य तत्काल सुरु गर्र्ने कार्यक्रम रहेकोले सो संरचना हटाउन आवश्यक सहयोग एवम् समन्वयका लागि अनुरोध गरिन्छ’, पत्रमा भनिएको छ ।

केही समय अघि मात्र सो क्षेत्रमा महानगरले अनधिकृत संरचना हटाउन खोज्दा स्थानीय विरोधमा उत्रेपछि झडप भएर विवाद भएको थियो ।