८ पुष २०८२, मंगलवार
,
Latest
अध्यक्ष थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला रेनुलाई राखेपको बधाई राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै फागुन २१ को निर्वाचन सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरूबीच सहमति टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक एक ओभरमा ५ विकेट लिएर कीर्तिमान काँग्रेस सांसद मिश्रको प्रश्नः संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ ? आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदनः जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य न्यौपानेलाई शपथ



अ+ अ-

महेन्द्रनगर । मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रदेश प्रमुख हरिशङ्कर मिश्रले उहाँलाई आज शपथ गराउनुभएको हो । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सप्तरी निर्वाचन क्षेत्र नं ४ (१) बाट निर्वाचित न्यौपाने एक सय सात सदस्यीय मधेस प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्य हुनुहुन्छ ।

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने प्रावधान छ ।

ज्येष्ठ सदस्य न्यौपानेले भोलि (शुक्रबार) बाँकी प्रदेशसभा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ । शपथग्रहणपछि ज्येष्ठ उहाँले संविधानको व्यवस्थानुसार अर्को व्यवस्था नभएसम्म आफूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिनुभयो ।