१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभु साहले नयाँ पार्टी घोषणा गर्दै



अ+ अ-

काठमाडौँ । स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी घोषणाको तयारी गरेका छन् । उनले आज एक पत्रकार सम्मेलन गर्दै पार्टी घोषणा गर्ने भएका हुन् । यसका लागि उनले आफ्ना समूहका नेताहरुबीच छलफलसमेत गर्दै आएका छन् ।

आज दिउँसो ३ बजे बिजुली बजारस्थित क्रिस्टल प्यालेसमा पत्रकार सम्मेलन हुँदैछ । सांसद साहले आफ्ना समूहका नेताहरुसँग भएको अनौपचारिक छलफलको निचोड आज सार्वजनिक गर्ने बताएका छन् ।

नेकपा एमाले छाडेर रौतहट निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्ररुपमा उम्मेदवारी दिएका साह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले नयाँ पार्टीको नाम आम जनता पार्टी हुनसक्ने बताएका छन् ।

साह तत्कालीन नेकपा (माओवादी) का केन्द्रीय सदस्यसमेत हुन् । उनी माओवादी जनयुद्धताका २०५५ मा भूमिगत भएका थिए ।

नेकपा पार्टी फुटेर एमाले र माओवादी केन्द्र बन्दा उनी एमालेमा लागेका थिए । तर गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनअघि उनले एमाले छोडेको घोषणा गरेका थिए ।