४ पुष २०८२, शुक्रबार
,
Latest
डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल प्रकरणः यस्तो छ सरोज वली र दुर्गेश थापाको बयान



अ+ अ-

काठमाडौं । अभिनेता पल शाहविरुद्ध जाहेरी परेपछि उनीसँगै जोडिएका दुई नाम हुन् गायक दुर्गेश थापा र संगीतकार सरोज वली । 

पल पक्राउ परेसँगै प्रहरी अनुसन्धानमा सरोज र दुर्गेश पनि तानिएका छन् । उनीहरु दुवैसँग प्रहरीले बयान लिएको छ । 

दुबैले बयानमा नाबालिगले सुनाएका आधारमा मात्रै आफूहरुले न्यायका लागि लड्न सल्लाह दिएको तर्क दिएका छन् । 

दुर्गेश थापाको बयानः

म बिगत १०/१२ बर्षदेखि म्युजिक भिडियो समेतमा काम गर्दै आईरहेको छ । कामको शिलशिलामा प्रतिवादी पल शाह भन्ने पुर्णविक्रम शाह र पीडित परिवर्तित नाम २०७८ गैडाकोट ५ (क)सँग चिनजान भएको थियो ।

म प्राय म्युजिक भिडियो सुटिङको लागि हिँडिरहने भएकोले म काठमाडौंबाट मिति २०७७।१२।०७ गते चितवन जिल्लाको सौराहा भन्ने स्थानमा आई प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाह तथा पीडितसँग भेट भई ‘तामा पित्तलू गीतको भिडियो सुटिङ सकेर हामीलगायत पीडित समेतको सुटिङ्ग युनिट बेलुका गंैडाकोट रिसोर्टमा आई दिनभरी सुटिङको कामले थाकेको हुँदा म कोठामा गई सुतेको हो । पीडित आफुलाई बुकिङ गरेको कोठामा सुत्न गएकी हुन् । काजीश श्रेष्ठ, पल शाह भन्ने पूर्णविक्रम शाह समेतका व्यक्तीहरु मादक पदार्थ सेवन गरी वाहिर बसिरहेका थिए ।

निजहरु कुन कोठामा सुते मलाई थाहा भएन । अर्को दिन ८ गते बिहान म काम विशेषले काठमाडौं गएको हो । २०७८ सालको अषाढ महिनामा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहको म्यानेजर कृष्ण जोशीले प्रतिवादी र पीडितको सम्बन्धको वारेमा जानकारी गराएकोमा सो सम्बन्धमा पीडितसँग बुझ्दा मलाई प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले विवाह गर्छ भनि फकाई फुल्याई सुटिङको समयमा अन्यत्र गएको अवस्थामा समेत जवरजस्ती करणी गरेको भनि बताएकी हुँदा म सम्राट चौलागाई, सरोज ओली, योगेश काजी समेतले हामी न्यायको पक्षमा छौं । तिमीलाई निजले जवरजस्ती करणी गरेको भए कानूनी कारवाही गर्दा राम्रो हुन्छ भनि सल्लाह दिएको मात्र हो । अन्य आर्थिक कुराको बार्गेनिङको बारेमा मलाई केही जानकारी भएन ।

सरोज वलीको बयान:

प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाह र पिडित नाम परिवर्तित २०७८ गैडाकोट ५ (क)मेरो कम्पनीले उत्पादन गरेको म्युजिक भिडियो तथा गीतहरुमा अभिनय तथा स्वर दिएका छन् । यसै क्रममा प्रतिवादी तथा पिडितको सम्बन्धको बिषयमा मिडियाहरुमा हल्ला चलेको थियो । पीडित गायिका डिप्रेशनमा गएको र मर्छ भनि कृष्ण जोशीले मलाई २०७८ सालको अषाढमा बताएका थिए ।

केही दिनमा कृष्ण जोशी, सम्राट चौलागाई, र पिडित अनामनगरको सिलौटो रेष्टुरेन्टमा बसेका रहेछन् । उक्त स्थानबाट कृष्ण जोशीले मलाई फोन गरी हामी पिडितसँगै छौं । दुर्गेश थापालाई लिएर हामी भएको ठाउँमा आउनु, पिडितलाई समस्या परेको रहेछ भनि बोलाएकोले म र दुर्गेश थापा सोही स्थानमा गई निजहरुलाई भेटी कुराकानी हुँदा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पीडितलाई काठमाडौंमा १/२ दिनमा हुने सुटिङलाई काठमाडौंबाहिर कहिले पोखरा कहिले नवलपरासी (पूर्व) मा लगि हेरचाह र ख्याल गरेजस्तो गरी आफुमाथि यौन शोषण गरेको भनि पीडितले बताएकी थिइन् ।

प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पीडितलाई वास्ता नगरेपछि पीडित रुंदै हिँडेको र पिडितलाई बिभिन्न वहाना बनाई गाली गरेर बेईजत गर्दिन्छु भनि ह्यारेशमेन्ट समेत गर्दा रहेछन् । पछि पीडितले सहन नसकी आफ्ना साथीहरुलाई उक्त पीडा सुनाएकी रहेछिन् । त्यसपछि हामीले कानुनी कारवाही गर्दा राम्रो हुन्छ भनि सल्लाह दिएको हो ।