१८ भाद्र २०८३, बिहीबार
,
Latest
कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहाललाई अमेरिकाको बधाई



फाईल फोटो
अ+ अ-

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँको गठबन्धनलाई नेपालको सङ्घीय निर्वाचनमा विजयी भएकामा बधाई दिएको छ ।

अमेरिकाले नेपालसँग सुदृढ र लामो समयदेखिको सम्बन्ध भएकामा गर्व गर्दै दीगो आर्थिक वृद्धि हासिल गर्न र लोकतन्त्र तथा मानवाधिकारको सुदृढीकरणजस्ता द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी महत्वका मुद्दाको प्रवद्र्धन गर्न नेपाल सरकारसँगै रहेको उल्लेख गरेको छ ।

नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता विश्वभरका लागि उदाहरण भएको उल्लेख गर्दै अमेरिकाले यसको प्रशंसा गरेको यहाँस्थित अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । साथै नेपालले आफ्नो लोकतान्त्रिक परम्परालाई अझ गहिरो बनाउन जारी राख्ने उल्लेख गर्दै अमेरिकाले सहयोग गर्न तत्पर रहेको जनाएको छ ।