• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन छः काँग्रेस नेता विश्वकर्मा



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन हुने दावी गर्नु भएको छ ।

काँग्रेस जस्तो लचिलो पार्टीलाई त मिलाएर जान नसक्ने प्रधानमन्त्री दाहालले ७ वटा राजनीतिक पार्टीहरुलाई मिलाएर विश्वासको मत लिन कठिन हुने उहाँको तर्क थियो । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले ३० दिन भित्र विश्वास मत लियो भने दाहाल नेतृत्वको सरकार २ वर्षसम्म चल्ने अनुमान समेत गर्नु भयो ।

संघीयतानै नचाहिने राष्ट्रिय स्वतन्त्र पार्टी, राजा आउ भन्ने राप्रपालगायतका राजनीतिक दलहरु रहेको वर्तमान गठबन्धन सरकार टिक्न गाह्रो हुने पनि उहाँले बताउनु भयो । नेता विश्वकर्माले भन्नु भयो, ‘अव उहाँसँगको सिट संख्याले अहिले त १६९ पुगेको छ । तर त्यो १६९ को आधारहरु हेर्ने हो भने सात वटा दल छन । ७ वटा दलको दावी त बाहिर आएकै छैन । त्यो दावी सुन्नै पाएका छैनौं । भर्खरै सुने–राष्ट्रिय प्रजातन्त्र पार्टीले हाम्रा पनि केही सर्तहरु छन । ती सर्त पूरा हुने लक्षण देखिएमात्रै सरकारमा जान्छौं । उहाँहरुको राजा आऊ, देश बचाऊ होला । यसैगरी फेरी राष्ट्रिय स्वतन्त्र पार्टी त सरकारमा गईहाल्यो । अव उहाँहरुले प्रदेशमा उम्मेदवारी उठाउनु भएको छैन । किनभने उहाँहरुलाई प्रदेश सरकारप्रति विश्वास छैन ।

संघीयताप्रति भरोसानै छैन । यत्रो ८÷९ सय सांसद कहाँ पाल्न सकिन्छ ? भन्ने चिन्ताले मैले त्यतातिर उम्मेदवारी नदिएको रवि लामिछानेले भन्नु भएको छ । यसको अर्थ उहाँलाई संघीयताप्रति विश्वास छैन । राप्रपालाई गणतन्त्रप्रति विश्वास छैन । अनि अरु दलहरुपनि त्यस्तैत्यस्तै क्षेत्रीय दलहरु छन । अव ती सबै दलहरुलाई मिलाएर लिएर जानलाई यसको जिम्मेवारी त फेरी पनि प्रचण्डजीमै जान्छ । प्रचण्डजीले आफूलाई केन्द्रमा राखेर काँग्रेस जस्तो लचिलो पार्टी त मिलाउन सक्नु भएन भने यी सबै दलहरु कसरी मिल्लान ?र, मिलेनन् भने हामीले चाहेको राजनीतिक स्थायित्व आउँछ कि आउँदैन ? राजनीतिक स्थायित्व आउनलाई निकै कठिन छ । त्यसैले मलाई यो ३० दिन भित्र विश्वासको मत लिनुपर्ने परिस्थिति हाम्रो संविधानले सुनिश्चित गरेको छ । ३० दिन भित्रको विश्वासको मतसम्म यो सरकार कसरी पुग्छ ? त्यसैले ३० दिन कट्यो भने सरकार राम्ररी २ वर्ष जान्छ ।

यो सरकार पनि ३० दिन बाँच्यो भने यसलाई केहीले छुनेवाला छैन २ वर्षसम्म । त्यसकारण मलाई कहाँ लागेको छ भने अव सुरु हुन्छ । हिजो त आकस्मिक रुपले गठबन्धन तोडनु थियो, तोडियो । त्यसमा प्रचण्डजीको महत्वकांक्षालाई सबैले साथ दिएकै हो । आईहाल्यो गरिदिऊ भन्ने कुरा हो । ओलीजीलाई पनि गज्जब भो । जो मान्छे भाँडभैलो मच्चार बालकोटबाट निस्केको थियो । त्यो मान्छे खात्राकखुत्रुक परेर शरण परेपछि म भएपनि त्यही गर्थे । उहाँले त्यही गर्नु भयो । तर प्रचण्डजीको बारेमा भने समस्या हुन्छ ।’नेता विश्वकर्माले प्रधानमन्त्री दाहाललाई गठबन्धन अड्याएर अघि बढन मुस्किल हुने पटकपटक दोहो¥याउनु भयो ।

कार्यक्रममा बोल्दै सत्तारुढ नेकपा (एमाले)का सांसद सूर्य थापाले संवैधानिक, कानुनी र राजनीतिक सबै हिसावले सत्तारुढ गठबन्धनको सरकार बनेको र यो सहज ढंगले अघि बढने बताउनु भयो । उहाँले पार्टीले आवश्यक ठाने आफू पनि सरकारमा जान योग्य रहेको समेत बताउनु भयो ।

सांसद थापाले भन्नु भयो, ‘यो गठबन्धन बन्नु स्वभाविक हो, बाध्यात्मक हो भन्ने मेरो मान्यता हो । सरकार बन्यो राजनीतिमा । राजनीतिमा असम्भव समिकरण बन्छ, अहिले बन्यो । तर, नेपालको संविधान बमोजिम भएको दोस्रो आवधिक निर्वाचनबाट आएको प्रतिनिधिसभाको संरचनामा हामीले चाहेर अथवा गठबन्धनले चाहेर यस्तो भएको होइन । कुरा पुरानो गठबन्धनले चाहेर यस्तो भएको होइन । संविधान अनुसार सात पार्टीको यो सरकार बनेको छ । जनताको बीचमा पुगेका सबै पार्टीहरु हुनुहुन्छ नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चाबाहेक सबै हुनुहुन्छ । राष्ट्रपतिको आह्वान भएबमोजिम देशले सरकार पाएको छ । यो संवैधानिक, कानुनी र राजनीतिक प्रक्रियाबाट गठबन्धन भएको छ ।’

अर्का सत्तारुढ माओवादी केन्द्रका नेता दिनानाथ शर्माले आफूहरुले मिलेर सरकार चलाउने बताउनु भयो । उहाँले विगतमा फुट आएपनि अव मिलेर अघि बढने गरी जनादेश आएकाले सोही अनुसार आफूहरु अघि बढनुपर्ने अवस्था रहेको पनि बताउनु भयो । नेता शर्माले भन्नु भयो, ‘हामी फुट्यौ, झगडा पनि गर्यौँ । अव मिलेर जान्छौं । मिल्छौं । विगतको आत्मसमिक्षा गरेर अघि बढछौं ।’

नेता शर्माले नेपालमा राजनीतिक दलहरु फुटको चरणबाट अघि बढेको उल्लेख गर्दै अव एकतावद्ध भएर अघि बढनुको विकल्प नरहेको बताउनु भयो ।