१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

सडकले बिर्सायो वर्षौंको दुःख

सडकले बिर्सायो वर्षौंको दुःख
अ अ+ अ-

ढोरपाटन । निसीखोला गाउँपालिका–६ रोबाङ गाउँका ८० वर्षीय कुमार बुढामगरको मुहारमा आजभोलि छुट्टै खुसी देखिन्छ । आठ दशकको जीवन यात्रामा अनेकौँ दुःख सङ्घर्ष गर्नुभएका उहाँलाई अहिले एउटै कुराले ठूलो खुसी दिएको छ । यसरी खुसी हुनाका कारण हो, गाउँमै दैनिक मोटर गुड्नु । कुमारको घर छेउमा भने अझै मोटरबाटो पुग्न सकेको छैन, मोटरबाटो पुगेको ठाउँदेखि घरमा पुग्न झन्डै आधा घण्टा लागेपनि गाउँलाई सडकले छुँदा खुसी उहाँ हुनुभएको हो ।

रोबाङ गाउँ जिल्लाकै दुर्गम गाउँ हो । एकदशक अगाडि मध्यपहाडी लोकमार्ग यस ठाउँमा पुगे पनि यस गाउँलाई मोटरबाटोले जोडेको दुई वर्ष मात्रै भयो । कुमारले गाउँ नजिकै सडक नआउँदासम्म निकै दुःख भोग्नु परेको सुनाउँदै अब दुःखका दिनहरु बिस्तारै हट्दै जाने बताउनुभयो । गाउँ–गाउँमा सडक सञ्जाल नपुग्दा घण्टौँको यात्रा गरेर दैनिक उपभोग्य सामान ल्याएको अनुभव सुनाउँदै २० वर्ष अगाडि सम्म बुटवल, सुनवललगायत सहरबाट नुन बोकेर उपभोग गर्ने गरेको उहाँको भनाइ थियो ।

“आजभन्दा १५/२० वर्ष अगाडि अहिलेको जस्तो ससुविधा थिएन, खसौली, बटौली र सुनौली पुगेर नुन बोक्दै जीवन निर्वाह गरेका थियौँ, अहिले त गाउँ–गाउँमा दोकान छन्, जे चाहिए पनि तुरुन्तै किन्न पाइन्छ,” कुमारले भन्नुभयो, “उतिबेला नुन र चामल ल्याउन १५/२० दिन लाग्थ्यो, जुत्ता चप्पल भन्ने चीज त हाम्रो पालामा पाइँदैनथ्यो ।”

बिस्तारै मुलुकमा विकास हुँदै गएपछि गाउँभन्दा केही तलसम्म सडक आएकाले त्यो सुविधा अहिले गाउँमै लिन सकिने उहाँले बताउनुभयो । सुनवल, बुटवल, तानसेन, भुवाचिदी, खर्बाङ, भीमगिठे हुँदै बुर्तिबाङबाट लामो समयसम्म आवश्यक सामान घोडा वा खच्चडमा ढुवानी गरेर गाउँसम्म ल्याइएकामा अहिले गाउँ घरमै सबै सामान पाइने कुमारले बताउनुभयो । “गाउँमा नुन र चामल हुँदैनथ्यो, सबै बजारबाट किनेर ल्याउनुपथ्र्यो, बजार नजिक थिएन, १०/१२ दिन लगाएर खसौली, बटौली जानुपथ्र्यो, त्यसपछि माथि–माथि मोटरबाटो आउन थाल्यो, पछि खर्बाङ, भीमगिठे र बुर्तिबाङबाट पनि गाडी आउन थाले त्यसपछि हाम्लाई पनि सहज हुन थाल्यो,” उहाँले भन्नुभयो, “अहिले गाउँ–गाउँमा मोटर पुगे, मोटर पुगेपछि सबैथोक गाउँमा आउन थाले ।”

स्थानीयवासी हेमबहादुर घर्तीमगरले पनि आफ्नो जीवनमा गाउँमा मोटर गाडी गुड्लान् भन्ने कल्पना नगरेको भन्दै अहिले गाउँमा गाडी गुड्दा खुसी लागेको बताउनुभयो । गाउँमा मोटरबाटो पुगेपछि उहाँजस्ता सयौँ बुढापाका र स्थानीयवासीमा खुसी छाएको छ । सडकले उनीहरुले भोगेको पुराना दुःख भुलाएको छ ।

जीवनको करिब ५०औँ वर्षभन्दा बढी टाढाबाट दैनिक उपभोग्य सामान ल्याएर दैनिक जीवन धान्नु भएका हेमबहादुरले अहिले घर नजिकैबाट आवश्यक सामान किन्न पाउँदा दङ्ग हुनुहुन्थ्यो । मुस्ताङको थाकखोलाबाट नुन बोकी ल्याएर उपभोग गर्नुभएका उहाँले अहिले नुन मात्रै होइन दैनिक चाहिने सामान घेरै नजिक पाउन सक्नुहुन्छ ।

“यस्ता दिन पनि आउँदा रैछन्, कुनै बेला नुनकै लागि १५/२० हिँडेर मुस्ताङ, पुग्नुपथ्र्यो, अहिले ननु, सुन जे भने पनि गाउँमै पाइन्छ, गाउँमा विकास होला, यस्तो सुविधा यहीँ पाइएला भन्ने त हामीले सपनामा पनि सोचेका पनि थिएनौँ,” हेमबहादुरले भन्नुभयो, “तर अहिले हामीले नसोचेको विकास भयो, हामी पछिका पुस्ताले धेरै दुःख भोग्न पाएनन् ।”

गाडी ठूला–ठूला सहरमा पुगेपछि मात्रै देख्न पाइएकामा अहिले गाउँका हरेक बस्तीमा गाडी पुगेका छन् भन्नुभयो। सडक सञ्जालले गाउँ नजोडिँदा पिठ्यूँमा नुन, चामल बोकेर उपभोग गर्ने गरेको स्मरण गर्दै अब त्यस्ता दिनहरु कहिल्यै नआउने बताउँदै उहाँले गाउँमा कोही बिरामी हुँदा डोकोमा बोकेर अस्पतालसम्म पु¥याउने गर्दै आइएकामा अहिले सडक सुविधाले गर्दा गाडीमार्फत बिरामीलाई अस्पताल लैजान सकिने भएको छ भन्नुभयो ।

रोबाङ गाउँमा जाने सडक मध्यपहाडी लोकमार्गबाट जोडिएको छ । बुर्तिबाङ–कुरुकपूर्व सडक खण्डकको लुब्लीबाट यो सडक गाउँमा पुगेको छ । उक्त सडकलाई यस गाउँको ‘लाइफ लाइन’ का रुपमा लिइन्छ ।

स्थानीय भाजवीर घर्ती मगरले जिल्ला सदरमुकाम बागलुङ बजार आउजाउ गर्न दुई साता लागेको सुनाउँदै तत्कालीन समयमा पश्चिम बागलुङका जनताले निकै दुःख पाएको सुनाउनभयो । उहाँले आफ्नो आधा जीवन मोटर गाडी नदेखेरै बितेको भन्दै अहिलेकाले पहिलेको जस्तो अन्धकारमय जीवन बिताउनु नपर्ने बताउनुभयो ।

“कागजपत्रको काम गर्न बागलुङ जानुपथ्र्यो, उति बेला गाडीको बाटो आएकै थिएन, हिड्दै जानु पथ्र्यो, यहाँबाट हिँडेर बागलुङ पुग्दा सात दिन र फर्किंदा सात दिन लाग्थ्यो । बाटोमा चोर लाग्ने भएकाले निकै डर पनि हुन्थ्यो, आमाइमाई र केटाकेटीलाई झन् धेरै समस्या हुन्थ्यो,” भजवीरले भन्नुभयो “अहिले त बिहान सररर गाडीमा गइन्छ उस्तैपरे साझँ आँटो खान घरै आइन्छ, यस्तो सुविस्ता होला भन्ने त कस्ले सोचेको होला र ?”

निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष हेमबहादुर बुढामगर (सूर्यमान)ले आफूहरु निर्वाचित भएर आएपछि वडामा धेरै सडक निर्माण गरेको र अझै केही बस्तीमा सडक पु¥याउन बाँकी रहेको बताउनुभयो । उहाँले आफू कार्यपालिका सदस्य भएका बेलादेखि नै यहाँका गाउँहरुमा सडक सञ्जाल पु¥याउने र स्तरोन्नतिको काम गरेको भन्दै सडकले वडावासीको मुहार फेरेको बताउनुभयो ।

“भौगोलिक विकटताका कारण हाम्रो वडाको धेरै गाउँ तथा बस्तीमा सडक पुग्न सकेको छैन, हामी आइसकेपछि धेरै ठाउँलाई सडक सञ्जालले जोडेका छौँ, अझै केही गाउँहरुमा पुगेको छैन, त्यसका लागि पनि निरन्तर लागिरहेका छौँ, भौगोलिक विकटता र धेरै बजेट लाग्ने हुँदा पुग्न नसकिएको हो,” वडाध्यक्ष बुढामगरले भन्नुभयो, “ठाउँ अप्ठ्यारो छ, बजेट सीमित हुन्छ, त्यसले गर्दा काम गर्न गाह्रो भएको हो, हेरौँ अर्को वर्षसम्म पुग्छ कि, अर्को वर्ष नभए हाम्रो कार्यकालभित्र पु¥याइसक्छौँ ।” रासस