१९ भाद्र २०८३, शुक्रबार
,
Latest
१० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत पार्टीलाई उद्योग मन्त्रालय, उपाध्यक्ष अब्दुल खान मन्त्री



अ+ अ-

काठमाडौँ । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उद्योग मन्त्रालय पाएको छ । पार्टीबाट उपाध्यक्ष अब्दुल खान उद्योगमन्त्री बन्ने हुनुभएको छ ।

पार्टी अध्यक्ष सीके राउतले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भागबण्डामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्राप्त सञ्चारकर्मीहरुलाई बताउनुभयो ।

सत्ता गठबन्धनको बैठकपछि उहाँले भन्नुभयो, “हाम्रो पार्टीले उद्योग मन्त्रालय पाएको छ । जसमा उपाध्यक्ष अब्दुल खान जानु हुनेछ ।”

यसअघि अध्यक्ष राउतको नेतृत्वमै सरकारमा जाने चर्चा थियो तर उहाँले आफू सरकारमा नजाने बताउनुभयो । पार्टी उपाध्यक्ष खान समानुपातिकबाट प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक मात्र सिट अध्यक्ष राउतले जित्नुभएको थियो । पार्टीको प्रतिनिधिसभामा ५ सिट छ ।