३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत पार्टीलाई उद्योग मन्त्रालय, उपाध्यक्ष अब्दुल खान मन्त्री



अ+ अ-

काठमाडौँ । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उद्योग मन्त्रालय पाएको छ । पार्टीबाट उपाध्यक्ष अब्दुल खान उद्योगमन्त्री बन्ने हुनुभएको छ ।

पार्टी अध्यक्ष सीके राउतले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भागबण्डामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय प्राप्त सञ्चारकर्मीहरुलाई बताउनुभयो ।

सत्ता गठबन्धनको बैठकपछि उहाँले भन्नुभयो, “हाम्रो पार्टीले उद्योग मन्त्रालय पाएको छ । जसमा उपाध्यक्ष अब्दुल खान जानु हुनेछ ।”

यसअघि अध्यक्ष राउतको नेतृत्वमै सरकारमा जाने चर्चा थियो तर उहाँले आफू सरकारमा नजाने बताउनुभयो । पार्टी उपाध्यक्ष खान समानुपातिकबाट प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक मात्र सिट अध्यक्ष राउतले जित्नुभएको थियो । पार्टीको प्रतिनिधिसभामा ५ सिट छ ।