१९ भाद्र २०८३, शुक्रबार
,
Latest
१० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डसँग तीन उपप्रधामन्त्रीले शपथ लिने



अ+ अ-

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग तीन उपप्रधानमन्त्रीले शपथ लिने भएका छन् ।

नेकपा (एमाले)बाट विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र)बाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रवि लामिछानेले उपप्रधानमन्त्रीको शपथ लिने निश्चित भएको हो ।

एमालेका पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालय पाउने टुंगो लागेको छ । रास्वपाका लामिछानेले गृह मन्त्रालयको दाबी गर्नुभएको बताइएको छ ।

माओवादीका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठको भने मन्त्रालय टुंगिएको छैन । अहिले सातदलीय गठबन्धनमा मन्त्रालय भागबण्डाका लागि छलफल जारी छ ।