१९ भाद्र २०८३, शुक्रबार
,
Latest
१० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या नेपालले जलवायु न्याय खोज्ने अन्तर्राष्ट्रिय प्लाटफर्म कस्ता छन्ः यसो भन्नुहुन्छ जलवायु वित्त विज्ञ राजु पण्डित… कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड सरकारमा तीनजना उपप्रधानमन्त्री !



अ+ अ-

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपरान्ह पद तथा गोपनियताको सपथ लिँदै हुनुहुन्छ । अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई सपथ ग्रहण गराउनुहुनेछ ।

त्यसो त सपथ ग्रहण अघि गठबन्धनमा मन्त्री भागबन्डा मिलाउन बैठक जारी छ। संघीय संसद भवनमा मन्त्रालयबारे सहमति जुटाउन अहिले नेताहरु छलफलमा छन् ।

७ दलको गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रचण्डको सरकारमा तीनजना उपप्रधानमन्त्री हुने लगभग पक्का भएको छ ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्रीसहित प्रमुख मन्त्रालय सम्हाल्दै सपथ लिने तयारीमा हुनुहुन्छ ।

यस्तै, सत्ता गठबन्धनको तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि उपप्रधानमन्त्रीमा दाबी गरेको छ । पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री बन्ने पनि लगभग निश्चित भएको स्रोत बताउँछ । लामिछानेले उपप्रधानमन्त्रीसहित गृह र भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेपनि त्यसमा सहमति जुट्न सकेको छैन ।