१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी प्रधानमन्त्री शरिफको बधाई



अ+ अ-

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले बधाई तथा शुभकामना दिनुभएको छ ।

ट्विटरमार्फत शरिफले प्रधानमन्त्री प्रचण्डलाई बधाई दिनुभएको हो । उहाँले भन्नुभएको छ, “नेपालको प्रधानमन्त्री भएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाई छ । क्षेत्रीय साझेदारका रूपमा नेपाल र पाकिस्तानबीच सौहार्दपूर्ण सम्बन्ध रहेको छ । यसपछि दुई देशबीचको क्षेत्रीय सहकार्य द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनेछ अपेक्षा गरेको छु ।”

यसअघि प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएको केही समयपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नै बधाई दिनुभएको थियो ।