१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहाललाई अमेरिकाको बधाई



फाईल फोटो
अ+ अ-

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालको संघीय निर्वाचनमार्फत प्रधानमन्त्री बन्नुभएकामा पुष्पकमल दाहाल प्रचण्ड र उहाँको गठबन्धन सरकारलाई बधाई दिएको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, “हामी नेपालसँग सुदृढ र लामो समयदेखिको सम्बन्ध भएकोमा गर्व गर्छौं ।”

साथै अमेरिकाले आर्थिक वृद्धि हासिल गर्न, लोकतन्त्र र मानव अधिकारको सुदृढीकरण जस्ता द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी महत्त्वका विषयहरूलाई प्रवर्द्धन गर्न नेपाल सरकारसँगै उभिन जारी राख्ने बताएको छ ।

नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता विश्वभरका देशहरूका लागि उदाहरण हो भन्दै उसले यसमा संलग्न सबैलाई प्रशंसा गरेको उल्लेख गरेको छ ।

नेपालले आफ्नो लोकतान्त्रिक परम्परालाई अझ गहिरो बनाउन जारी राख्ने विश्वास गर्दै दूतावासले यसमा सहयोग गर्न अमेरिका तत्पर रहेको उल्लेख गरेको छ ।