५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी एम्बापे भयौँ, सबैभन्दा बढी गोल गर्‍यौं तर ट्रफी चाहिँ अर्कैले लग्यो– महामन्त्री शर्मा



अ+ अ-

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले सबैभन्दा बढी सिट जिते पनि कप चाहिँ अर्कैले उठाएको बताएका छन् ।

पोखरामा जारी नेपाल लिट्रेचर फेस्टिभलमा बोल्दै शर्माले कांग्रेसलाई एम्बापेसँग तुलना गर्दै यस्तो बताएका हुन् । उनले भने, ‘अस्तिको विश्वकपमा सबैभन्दा बढी गोल एम्बापेले हाल्यो । गएको मंसिर ४ मा सबैभन्दा बढी सिट कांग्रेसले जित्यो । तर के भयो भने एम्बापेले सबैभन्दा बढी गोल हानेर गोल्डेन बुट जित्यो, तर कप चाहिँ अर्कैले लग्यो ।’

शर्माले आफूहरू एम्बापे भएर पोखरा आइपुगेको र अबको पाँच वर्षपछि अहिलेको च्याम्पियनलाई डिफेन्डिङ च्याम्पियन बनाउने बताए । उनले भने, ‘अहिले भएको कुरालाई अहिले नै बुझिँदैन । अलि समयपछि बुझिन्छ । जेजस्तो प्रकारको मिश्रण भएर सरकार बन्दै छ, यसलाई शुभकामना दिँदै गर्दा बडो संयमता, परिपक्ता र गहिरो विश्लेषणपूर्वक हामी अबको यात्रा तय गर्दैछौं । ’