८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

राजनीतिक स्थिरताका सरकार निर्माणमा सहयोग: राप्रपा प्रवक्ता श्रेष्ठ

राजनीतिक स्थिरताका सरकार निर्माणमा सहयोग: राप्रपा प्रवक्ता श्रेष्ठ
अ अ+ अ-

काठमाडौं । राजनीतिक स्थिरताका लागि राप्रपाले सरकार निर्माणमा सहयोग गरेको जनाएको छ ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार सरकारमा सहभागीताबारे पार्टीमा कुनै छलफल नभएको र कुनै औपचारिक शर्त नराखेको जनाउनु भएको छ । सामाजिक संञ्जाल नेता तथा कार्यकर्ता र सुभेच्छुकहरु बाट जिज्ञासा आएपछि पार्टी प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जाल मार्फत स्पष्टिकरण दिनु भएको छ ।

उहाँले लेख्नुभएको छ-

केही साथीहरूको प्रश्न छ- सरकार गठनको दाबीका लागि १६९ को समर्थन छ, राप्रपाको १४ नहुँदा के फरक पर्थ्यो ? चार बजेसम्म (७८ं-३२ं-२०ं-१४-१४-४) मात्रै थियो । राष्ट्रपतिले दिनुभएको समयसीमा साँझ पाँच बजेसम्ममा १६९ पुगेको हो । त्यसअघि नै चारवटा दलको हस्ताक्षर भइसकेको थियो । पार्टीको आधिकारिक निर्णय लिएर राष्ट्रपति कार्यालय गइसकेपछि ल भइगयो, तपाईहरुको पुग्यो, हामी सहभागी हुँदैनौं भन्नु राजनीतिक एवं नैतिक हिसाबले अनुचित हुने थियो।

अर्को कुरा जति धेरै संख्याको सहभागीता भयो त्यसले बलियो सरकार निर्माण गर्दछ । बलियो सरकारले राजनीतिक स्थिरताको सुनिश्चितता गर्दछ । एउटा जिम्मेवार राजनीतिक दलको रुपमा राप्रपा अस्थिरताको पक्षमा थिएन, छैन ।

राजनीतिक स्थिरताका लागि राप्रपाले सरकार निर्माणमा सहयोग गरेको हो । सरकारमा सहभागीताबारे पार्टीमा कुनै छलफल भएकै छैन, हामीले कुनै औपचारिक शर्त राखेकै छैनौं ।