• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान ★   राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

कांग्रेसका केही नेताहरूले प्रचण्डलाई फोन गरेर ‘हाम्रो प्रधानमन्त्री तपाई नै हो’ भन्नुभयो: महरा



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएपछि नेपाली कांग्रेसका नेताहरूले बधाई दिएका छन् ।

माओवादी पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी प्रवक्ता कृष्णबहादुर महराले कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताहरूले फोन गरेर प्रचण्डलाई बधाई दिएका बताए । उनले भने, ‘म नेताहरूको नाम लिन्न । कांग्रेसका केही नेताहरूले फोन गरेर दाहाललाई बधाई दिनुभयो । र हाम्रो प्रधानमन्त्री तपाई नै हो भन्नुभयो ।’

कांग्रेसको हठका कारण गठबन्धन टुटेको महराले बताए । उनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत देउवाका कारण गठबन्धन टुटेको भन्दै असन्तुष्टि जनाइरहेको बताए ।