• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण ★   न्याय सम्पादनमा राजनीतिक स्वार्थ देखिनहुन्नः मुख्यमन्त्री कार्की ★   धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द नगर्न सर्वोच्चको आदेश ★   फुस्रेखोला देउराली सडकमा सात वर्षमा तोकिएको मध्ये आधा काम ★   ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो हेर्न ओली सानेपामा- फोटो फिचर ★   कोशी प्रदेश: छ वर्षमा साढे चार हजार किलोमिटर सडक निर्माण ★   फोटो हेर्न कांग्रेस कार्यालयमा प्रधानमन्त्री दाहाल- फोटो फिचर ★   युरो कपको क्वाटरफाइनलमा फ्रान्स र पोर्चुगल भिड्ने ★   प्रश्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाई २० र २१ गते हुने ★   शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई

फाइनल प्रवेशका लागि नेपाल र बंगलादेश भिड्दै



काठमाडौँ । बगबन्धु एशियन यु–२३ सेन्ट्रल एशियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले आज आयोजक बंगलादेशसँग प्रतिष्पर्धा गर्दैछ ।

ढाकामा हुने नेपाल र बंगलादेशबीचको पहिलो सेमिफाइनल खेल दिउँसो २ः४५ बजे शुरु हुनेछ । नेपाल र बंगलादेश एकअर्कालाई हराएर फाइनल पुग्ने योजनामा छन् ।

बंगलादेश लिग चरणमा शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको हो । बंगलादेशले लिग चरणको तीन खेलमै जित निकालेको थियो । नेपालले भने तीन खेलमै हार व्यहोरेको थियो ।

तर, प्रतियोगितामा चार टोलीको सहभागिता भएकाले चारै टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन् । लिग चरणको पहिलो खेलमा बंगलादेशले नेपाललाई ३–० को सोझो सेटमा हराएको थियो ।