१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा जुनसुकै गठबन्धनको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुनसुकै गठबन्धनको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने भएको छ । यद्यपि यसको औपचारिक निर्णय भने सो पार्टीको संसदीय दलको बैठकले गर्नेछ ।

आज दिउँसो १ बजे बसुन्धरामा सो पार्टीको संसदीय दलको बैठक बस्दैछ । रास्वपाका एक नेताका अनुसार जसको नेतृत्वमा सरकार बने पनि रास्वपा त्यसमा सहभागी हुनेछ ।

पार्टी अध्यक्ष रवि लामिछाने सरकारमा सहभागी हुने पक्षमा हुनुहुन्छ । सोही विषयमा औपचारिक निर्णय गर्न बैठक बस्न लागेको हो ।

प्रतिनिधिसभामा २० सिट रहेको सो पार्टीलाई सरकारमा सहभागी गराउँदा सत्ता गठबन्धनको स्पष्ट बहुमत नपुगेको अवस्थामा सरकार र संसद्को स्थायित्वमा सहयोग पुग्ने मत नेपाली कांग्रेसभित्र देखिएको छ ।

अहिले सत्ता गठबन्धनमा सरकारको पहिलो नेतृत्व कसले गर्ने भन्नेबारे नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र० बीच छलफल भइरहेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको पहिलो नेतृत्व आफूले गर्नुपर्ने अडान राख्दै आउनुभएको छ भने नेपाली कांग्रेसले पहिलो चरणमा प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कांग्रेसले पाउनुपर्ने दावी गरेको छ ।