१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपालाई पनि समेटेर गठबन्धनलाई कायम राख्नुपर्ने विश्वप्रकाशको धारणा



file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको सत्ता गठबन्धनलाई कायम राख्दै यही गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पनि समेट्नुपर्ने बताउनुभएको छ ।

उहाँले सत्तामा नयाँ र अनुभवीको संयोजन गर्न पनि रास्वपालाई सरकारमा सहभागी गराउनुपर्ने धारणा ट्विट गर्दै सार्वजनिक गर्नुभएको हो ।

एक्लो बहुमत कुनै पनि दलसँग नभएको र गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको स्थितिमा लचकता, सहकार्य र विश्वासका आधारमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस र माओवादी केन्द्रले २र२ वर्ष तथा एकीकृत समाजवादीले एक वर्ष सरकारको नेतृत्व गरेर जानुमै परिपक्कता हुने उहाको भनाइ छ । यसलाई अघि बढाउन कार्यान्वयनमा पारदर्शिता र एकता जरुरी रहेको उहाँले बताउनुभएको छ ।