• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

रहेनन् बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेत



काठमाडौँ । बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको ९३ वर्षको उमेरमा आज निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बस्नेतको आज बिहान निधन भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए ।

भोजपुरको दिङ्गलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एलएलबीसम्मको अध्ययन पूरा गरेका थिए । सरकारको विभिन्न उच्च ओहोदामा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका स्व बस्नेत सर्वोच्च अदालतको न्यायाधीश, नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षामन्त्री (२०२४), अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री (२०२५), नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्षसमेत भएका थिए ।

उनी नेपाल बार एशोसिएशनको संस्थापक सदस्य पनि थिए । सत्तरी वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत आकाशयात्रामा जोडेका थिए । स्व बस्नेतका दुई छोरा र एक छोरी छन् । जेठा छोरा वीरेन्द्रबहादुर बस्नेत बुद्ध एयरको प्रबन्ध निर्देशक छन् । बस्नेतले हवाई उडानलाई सहज र सरल बनाई आम सर्वसाधारणका लागि खुलासमेत गरेका थिए ।

“हामीले एक असल अभिभावक गुमाए पनि उहाँले देखाउनुभएको बाटालाई बुद्धएयरकर्मीले सधैँ अनुशरण गरी अगाडि बड्नेछौँ, हाम्रा अभिभावकप्रति हार्दिक श्रद्धासुमन’, बुद्ध एयरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।