१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा News Polar सहकारीका ऋणीलाई ११ करोड असुली News Polar मानवीय संकटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसंघको १६ करोड डलर सहयोग News Polar पाकिस्तानको निर्यातमा तीव्र वृद्धि, सेप्टेम्बरमा पुग्यो दुई अर्ब ९४ करोड डलर News Polar सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने News Polar ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन News Polar जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना News Polar कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ News Polar अमेरिका–बेलायतका दुई घटनामा इरानमाथि आशंका,अनुसन्धान जारी News Polar जी–७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति News Polar ‘सडक दुर्घटना घटाउनु चालकदेखि नागरिकसम्मको जिम्मेवारी हो’ News Polar काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा News Polar जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण News Polar सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता News Polar वरिष्ठ पत्रकार लम्सालको निधन News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने

नेपाल टि—२०ः काठमाडौं र लुम्बिनीको विजयी शुरुवात

नेपाल टि—२०ः काठमाडौं र लुम्बिनीको विजयी शुरुवात
अ अ+ अ-

काठमाडौँ । पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टि—२० लिगमा काठमाडौं नाइट्सले विजयी शुरुवात गरेको छ ।

शनिवार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा काठमाडौंले पोखरा एभेन्जर्स २६ रनले पराजित गरेको हो । काठमाडौंले दिएको १६३ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित (१९) ओभरमा ७ विकेट गुमाएर रन मात्रै बनाउन सक्यो । पोखराको लागि उपल थरङ्गाले सर्वाधिक ४४ रनको योगदान दिए । यस्तै अमिर हमाज र अभिमन्यु मिथुनले समान १८/१८ रन बनाए ।

काठमाडौका लागि अविनास बोहोराले ३ तथा बसिर अहमदले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो । काठमाडौंको लागि अजमातुल्लाह उमरजाईले ८५ रनको अविजित पारी खेले । उनले ४२ बलमा ३ चौका र ७ छक्का प्रहार गरेका थिए । यस्तै सुनाम गौतम २८ बलमा २७ रन, एलेक्स ब्लेक्सले २१ रन, वीरनदीप सिंहले १० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा पवेलियन फर्किए । यता पोखराको लागि प्रतिस जिसी र जाहिर खान समान २/२ विकेट लिए । यस्तै मौसम ढकालले १ विकेट हात पारे ।

त्यस्तै आज नै कीर्तिपुर मैदानमै भएको दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले फर वेस्ट युनाइटेडलाई ६७ रनले पराजित गरेको छ । लुम्बिनीको जितमा लाहिरु मिलान्थाले सर्वाधिक ६० रनको योगदान गरे । उनले ८ चौका र १ छक्का प्रहार गरे । त्यस्तै दीपेन्द्र सिंह ऐरीले ३५, गुलशान झा, २५ र विपुल शर्माले १२ रन बनाए । अन्य खेलाडीले भने दोहोर रन जोड्न सकेनन् ।

फार वेस्टर्नका लागि उमर अलि र करण केसीले समान ३÷३ विकेट लिए । त्यस्तै बलिङतर्फ लुम्बिनीका दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । उनले २.२ ओभरमा ६ रन मात्र खर्चिएर ३ विकेट लिन सफल भए । त्यस्तै सागर ढकाल २, पेट ब्रोन, किशोर महतो, गुलशान झा र विपुल शर्माले समान १/१ विकेट लिए ।

यता फर वेस्ट युनाइटेडले भने १६.२ ओभरमा मात्र ८५ रन बनाउन सक्यो । फार वेस्टर्नको तर्फबाट हसमतउल्लाह साहिदीले ३५ रन र विनोद भण्डारीले १३ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो रन जोड्न सकेनन् । पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागीता छ । प्रतियोगिताको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख पाउनेछ । तेस्रो हुनले १० लाख र चौथोले ५ लाख पाउनेछन् ।